मेस्सीले जिते कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६     ::: 24 पटक पढिएको   |  

एजेन्सी । लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड जितेका छन् ।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए ।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।





Leave a comment

Your email address will not be published.


*