सागमा ७० लाख रुपैयाँ बराबरको फूल र माला प्रयोग

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २६, २०७६     ::: 67 पटक पढिएको   |  

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सरकारले फूल र मालामा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको छ ।

गएको १५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगिताको सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन अफ् नेपालले जनाएको छ । एसोसिएसशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार खेलाडी र पदाधिकारीको स्वागत, सम्मान र बिदाइमा भने १० लाख रुपैयाँको फूलको प्रयोग भएको छ ।

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल स्वदेशमा नै उत्पादन भएको पनि उहाँले बताउनुभयो । नेपालमा पछिल्लो समयमा फूलको व्यवसाय फस्टाउँदै गएको छ ।

गएको आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । तर अझै पनि मागअनुसारको उत्पादन नहुँदा हरेक वर्ष भारतबाट १० प्रतिशत आयात गर्नु पर्ने बाध्यता छ ।





Leave a comment

Your email address will not be published.


*