न्यू क्यासलकाे पाेस्टमा म्यानचेस्टर युनाइटेडकाे ४ गाेल

          |   प्रकाशित मितिः शुक्रबार, पुस ११, २०७६     ::: 54 पटक पढिएको   |  

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

१९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो । बिहीबार राति भएको खलमा युनाइटेडले न्यू क्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले हरायाे । न्यु क्यासलले गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन सकेन ।

न्यू क्यासलका माटी लंगस्टाफले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २४ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सलले गोल गर्दै खेल बराबरीमा ल्याए । ३६औं मिनेटमा मेसन ग्रीनवूड र ४१ औं मिनेटमा मार्कस रसफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा म्यानचेस्टरले १ गोल थप्याे । ५१ औं मिनेटमा मार्सलले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १९ खेलबाट २८ अंकसहित सातौं स्थानमा छ ।

पराजित भएको न्यू क्यासल भने १० औं स्थानमा छ ।





Leave a comment

Your email address will not be published.


*