कर्णाली प्रदेशले दियो माघीमा विदा

          |   प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६     ::: 26 पटक पढिएको   |  

सुर्खेत पुष २९: कर्णाली प्रदेश सरकारले माघ १ गते बुधबार कर्णालीमा सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तिको अवसरमा  सार्वजनिक विदा दिएको हो । माघी पर्व थारु समुदायको मुख्य पर्व हो । तर कर्णालीमा थारु समुदायको बाहुल्यता कम भएपनि सबै समुदायले माघी पर्व धुमधामका साथ मनाउन सार्वजनिक विदा दिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले कर्णालीका सबै ठाउँमा माघी पर्व मनाउने भएकाले बुधबार सार्वजनिक विदा दिइएको बताए । ‘प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदाय नै छन्, सबैले माघे संक्रान्ति धुमधामले मनाउँछन्, उनले भने, ‘स्थानीय संस्कृति संरक्षणका लागि सार्वजनिक विदा दिएको हो।’





Leave a comment

Your email address will not be published.


*