दैलेख जेसीजको अध्यक्षमा पौडेल

          |   प्रकाशित मितिः आइतवार, माघ ५, २०७६     ::: 30 पटक पढिएको   |  

दैलेख माघ ५ गते ।
दैलेख जेसीजको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । पौडेलले सन २०२० सम्म जेसीजको जिम्मेवारी सम्हाल्नेछन् । शनिवार दैलेखमा आयोजित एक समारोहमा पौडेललाई पद हस्तान्तरण गरिएको छ । दैलेख जेसिजको २२ औँ जिल्ला अधिवेशन एवं पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा २०१९ का अध्यक्ष रमा प्याकुरेलले चाँदीको माला प्रहरी नायब निरिक्षक भरत बहादुर भण्डारी, अतिथि राप्रपाका पार्टि उपाध्यक्ष पुजा श्रेष्ठ पुर्व अध्यक्षहरू, सन्देश कुमार श्रेष्ठ, बिनोद श्रेष्ठ, चेतन बिष्ट लगायतको रोहवरमा पौडेललाई पद हस्तान्तरण गरिन् । अधिवेशनले १० सदस्यको नयाँ कार्यसमिति घोषण समेत गरिएको छ ।
जसको कार्यकारिणी उपाध्यक्षहरूमा चेतनकुमार थापा, धुव्रबिक्रम थापा रहेका छन । यस्तै मनोनित महासचिवमा भरतराज अधिकारी र कोपाध्यक्षमा जीवन कुमार सिजापती रहेका छन् । उपाध्यक्षहरूमा दुर्गा न्यौपाने, धना खड्का, मनिष भण्डारी, किशोर कुमार केसी रहेका छन् । जेसिजको एक ब्यक्ति एक पद एक बर्ष भन्ने अबधारणा अनुसार दुई कार्यकाल पदभार सम्हालेको राष्ट्रिय महाधिबेशनमा कम्तिमा एक पटक सहभागिता जनाएको व्यक्ति मात्र बर्ष जेसिज हुन पाउने प्रावधान रहेको बर्ष २०१९ का अध्यक्ष रमा प्याकुरेलले बताइन ।
आफुले जिम्मेवारी पाएसङ्गै जिल्लामा जेसिजलाई थप चलायमान बनाउन १८ देखि ४० बर्ष उमेर समुहका युवारूलाई व्यक्तिगत र नेतृत्व बिकासमा आफु कटिबद्ध भएर लाग्ने जेसिज दैलेखका अध्यक्ष पौडेलले बताए । कार्यक्रम बर्ष २०१९ को अध्यक्ष जेसी रमा प्याकरेलको अध्यक्षतामा सम्पन्न हो ।





Leave a comment

Your email address will not be published.


*