सुर्खेतमा टिप्परले किच्दा एकको मृत्यु

          |   प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६     ::: 58 पटक पढिएको   |  

तस्विर : दिनेश सुनार

दिनेश सुनार
सुर्खेत माघ १४ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा टिप्परको किच्दा एक युवककाे मृत्यु भएको छ । टिप्परले किच्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका अन्दाजी २० वर्षीया केशर सिंहको मृत्युु भएको हो । वीरेन्द्रनगर–३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*