सामान्य बन्दै वीरेन्द्रनगर बजार

          |   प्रकाशित मितिः बुधबार, माघ १५, २०७६     ::: 62 पटक पढिएको   |  

सुर्खेत । मङ्गलबार टिप्परको ठक्करबाट कालिकोट महाबै गाउँपालिकाका केशर सिंहको ज्यान गएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर बजार सामान्य बन्दै गएको छ ।

प्रमुुख जिल्ला अधिकारी बसन्त अधिकारीले बिहानदेखि वीरेन्द्रनगर बजार सहज बन्दै गएको बताउँदै पीडित पक्षसँग वार्ता भैरहेको बताउनुु भयो । उहाँले बुधबार मृतकका बुवा सुर्खेत आउने र शवको पोेष्टमार्टमको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

पीडित पक्षले बुधबार नै जाहेरी दिने पनि उहाँले बताउनु भयो । टिप्पर चालकलाई कडा कारबाही गरिनुुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने पीडितको माग छ । टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि मङ्गलबार दिनभर बजार बन्द भएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

आन्दोलनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक ठाउँहरुमा तोडफोड समेत भएको छ । आन्दोलनका क्रममा गोली लागेर पाँच जना घाइते भएका छन् भने आन्दोलनकारीले ढुङ्गामुढा गर्दा २२ जना प्रहरी पनि घाइते भएका छन् ।

मृत्तकका आफन्त तथा महाबै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले आफूहरुले राखेका माग पूरा नभए फेरि शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले चालकलाई हदैसम्म कारबाही गरिनुपर्ने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बजार क्षेत्रमा मालवाहक गाडी चल्न दिन नहुुने माग राखिएको बताउनु भयो ।
उहाँले मङ्गलबार भएको आन्दोनलमा चलखेल भएको भन्दैै अब माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले अबको आन्दोलन शान्तिपूर्ण हुुने भएकाले बजार खोल्न पनि आग्रह गर्नुुभयो ।





Leave a comment

Your email address will not be published.


*