ट्रकको ठक्‍करबाट ट्याक्टर चालकको मृत्यु

          |   प्रकाशित मितिः शुक्रबार, माघ १७, २०७६     ::: 28 पटक पढिएको   |  

सुर्खेत : वीरेन्द्रनगरको जुम्लारोड पिपिराचोक नजिकै शुक्रबार बिहान ट्रकले ठक्‍कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक प्रेम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुब्बाकुनाबाट मंगलगडी चोकतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्‍कर दिएको थियो । ट्रकले ठक्‍कर दिएपछि ३४ वर्षीय प्रेम कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीकानुसार मृतक चालक जाजरकोट जुनीचाँदे गाउँपालिका ७ का स्थायीवासी हुन् । ट्याक्टर चालक कार्की आफैले चलाएको ट्याक्टरको ट्रलीले च्यापिएका थिए । केही दिनअघि टिपरको ठक्‍करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि तनावग्रस्त वीरेन्द्रनगर शान्त भएलगत्तै फेरी अर्को सवारी दुर्घटना भएको हो। 





Leave a comment

Your email address will not be published.


*