गोजुरियो कराँते दो संघ दैलेखको नयाँ कार्य समिति चयन

          |   प्रकाशित मितिः मङ्लबार, माघ २१, २०७६     ::: 354 पटक पढिएको   |  

गुगल

दैलेख माघ २१ ।
गोजुरियो कराँते दो संघ दैलेखको अध्यक्षमा चन्द्रप्रसाद पोखरेल चयन भएका छन् । मंगलवार सम्पन्न भेलाबाट पोखरेलको अध्यक्षतामा ६ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । संघका केन्द्रिय सदस्य विरेन्द्र शाहीको प्रमुख आथित्यता तथा जिल्ला अध्यक्ष नविनकुमार योगीको अध्यक्षतामा भएको भेलाले नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा रमेश शाही, सचिवमा तिलकप्रसाल कडेल, कोषाध्यक्षमा हिक्मत रोकामगर, सहसचिवमा दिपेन्द्र पुरी चयन भएका छन् ।
भेलामा केन्द्रिय सदस्य विरेन्द्र शाहीले १३ औँ साग प्रतियोगितामा कराँते खेलले सिंगो नेपाल र नेपालीको शिर ठाडो पारेको बताए । उनले नयाँ खेलाडी उत्पादन र सम्मान गर्न नवगठित समितिलाई आग्रह गरे । संघका निवर्र्तमान अध्यक्ष नविनकुमार योगीले युवाहरुको सर्वागिण विकासमा खेलाडीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले नवगठित समितिलाई बधाई ज्ञापन गरे ।





Leave a comment

Your email address will not be published.


*