जन्मोत्सवमा बृद्धाआश्रमलाई दराज

          |   प्रकाशित मितिः बुधबार, माघ २२, २०७६     ::: 41 पटक पढिएको   |  

दैलेख माघ २२ : गायक तथा मोडल अविषेक अनुरागले आफनो जन्मोत्सवको अवसर पारेर सरस्वती बृद्धाश्रमलाई सहयोग गरेका छन् । सामाजिक काममा अग्रसर हुँदै आएका अनुरागले जन्मोत्सवको अबसर पारेर बृद्धाआश्रमलाई सहयोग गरेका हुन । जन्मोत्सवको अबसरमा बृद्धाआश्रमलाई स्टिल दराज सहयोग गरेको उनले बताए ।
बृद्धबृद्धालाई सहयोग गर्नु पर्छ भन्ने सोच राखी जन्मदिन तडक–भडक गरेर नमनाई थोरै भए पनि समाजसेवा गरौं भन्ने भावले बृद्धाआश्रमलाई सहयोग गरेको उनले बताए । उनि लामो समय देखि पत्रकारितामा संलग्न छन् ।

जन्मोत्सवको अबसरमा सरस्वती बृद्धाआश्रममा सहयोग हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापा, सरस्वती बृद्धाआश्रम व्यवस्थापन समितिका अध्यक्ष सरस्वती श्रेष्ठ, जिल्लामा क्रियाशिल पत्रकार लगाएत सहभागि थिए ।





Leave a comment

Your email address will not be published.


*