सरकारले दलित आयोगलाई बेवारिसे बनायो

          |   प्रकाशित मितिः बुधबार, माघ २९, २०७६     ::: 17 पटक पढिएको   |  

काठमाडौं : प्रतिनिधिसभाका सांसद मीनबहादुर विश्‍वकर्माले दलित उत्थानका नाममा ठूला कुरा गर्ने सरकारले राष्ट्रिय दलित आयोगलाई बेवारिसे बनाएको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘सरकारको रवैया कारण राष्ट्रिय दलित आयोग वेवारिसे अवस्थामा पुगेको हो।’ उनले सरकारको वेवास्ता कारण राष्ट्रिय दलित आयोग विघटनको निष्कर्षमा पुगेको बताए। दलित आयोगलाई बेबारिसे बनाएर दलित उत्थानका मुद्दालाई ओझेलमा पार्न खोजेको बताए।

उनले समृद्ध नेपाल, सुखी नेपालीको नारा देशव्यापी चलिरहँदा जनताले भने ‘समृद्ध नेता दु:खी नेपाली ‘को महसुस गरिरहेको बताए। ‘सुखी नेपाली हुनलाई ३ करोड नेपाली जनता सुखी हुनुपर्छ।सबै जाती ,वर्ण धर्म र लिंगका आधारमा जनता सुखी हुनुपर्ने हो, उनले भने,’ तर अन्तरजातीय विवाह गरेकै काभ्रेका अजित मिजारको शव चारवर्षदेखि टिचिङ अस्पतालमा छ।अन्तरजातीय विवाह गरेकै कारण दलित महिला गाउँ निकाला हुनुपरेको छ।’

‘पाँचथरको कुममाया गाउँपालिकाका अध्यक्ष जयकुहार चेम्जोङले आफ्नो क्षेत्रअधिकारको प्रयोग गर्दै अन्तरजातीय विवाह गरेकी एक दलित परिवारको किशोरीलाई गर्भपत गर्न लगाइ जीवन वर्वाद गरेको घट्ना सुनाए।

उनले पीडित किशोरीले उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको भन्दै उनले सरकारले यो विषयमा कानुनी उपचारका लागि पहल गरे।





Leave a comment

Your email address will not be published.


*