दुर्घटनामा नायिका सिलवालको मृत्यु

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६     ::: 22 पटक पढिएको   |  

चितवन – नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।

महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





Leave a comment

Your email address will not be published.


*