तातोपानी र रसुवा नाका खोल्ने निर्णय

          |   प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     ::: 37 पटक पढिएको   |  

काठमाडौ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउे निर्णय गरेको छ। बुधबार बसेको बैठकले माघ १५ गतेदेखि बन्द रहेको उक्त नाका खुलाउने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ। उक्त निर्णय अनुसार त्यसको आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने उल्लेख छ।





Leave a comment

Your email address will not be published.


*