कोरोनाले नेपाली समाजलाई देखाएको ऐना

          |   प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     ::: 58 पटक पढिएको   |  

-डा. देविका खड्का
हामी नेपाली साह्रै गर्व गर्छौं भगवान गौतम बुद्धले जन्म लिनु भएको देश, संसारको शीर सगरमाथा बोकेको देश, वीर गोर्खालीको देश–नेपाल भनी। नेपाल अवस्य पनि प्यारो छ। तर विश्वका नेपाल गरिब देशमा गनिन्छ। के फरक पर्छ र ? फरक पर्छ… नदेखेझै नसुनेझै नगर्नुस्।

यी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीका मनको खोजीमा किन तेती टाढा पुगे होलान ? पुगे पनि यो संकट आइपर्दा किन यसरी उठिबासै लागेर बालबालिका सहित यी गर्भवती, यी सुत्केरी हिँडेरै भए पनि घर जानुपर्ने स्थिति आयो होला ? (काठमाडौंबाट पैदल रुकुम, रोल्पा प्यूठान, सप्तरीसम्म –कल्पना गर्नुस् त !)
आपत्विपवत आइलागे गाहो–सारो पर्ने बित्तिकै जनताले सरकारको र सरकारले विदेशीदाताकै मुख ताक्नपर्ने अवस्था छ। प्रकृति, भेषभुषा, कला संस्कृतीका हामी कति धनी छौं, त्यसको त चर्चा धेरै भइसक्यो। अब आर्थिक पाटोको कुरा गरौं। बाटोघाटो सफा र राम्रा हुन्। शिक्षण संस्था र स्वास्थ्य संस्था राम्रा र निःशुल्क हुन्, कलाकारखानमा सञ्चालन हुन्,  कृषिमा आधुनिकरणले फड्को मारोस्। जलश्रोतको भरपुर उपयोग होस। स्वदेशी उत्पादानले देशविदेशमा बजार पाओस्।

पर्यटन त्यस्तै फस्टाओस्। व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रियस्तरमै आर्थिक सबलता होस्। संकटको घडीमा पनि न्यूनतम व्यवस्था गर्न सक्ने हैसियत होस्। घरबार जानेगरी प्रकोप आइलाग्दा छिमेक टोल समाज र राष्ट्रले सहायता दिन सकोस्। 

अहिलेको रोनाले देश ठप्प परेकाबेला सरकारले उचित व्यवस्था गर्न सकेको छैन। डलरमा चल्ने गैरसरकारी संस्थाहरु खै केमा व्यस्त छन्। उनीहरुका बारेमा लेख्न थाल्दा एउटा छुट्टै लेख नै तयार होला, तर यो लेख म नितान्त जनताको पाटोबाट लेख्दैछु। तिमी हामिले चाही के गरेका थियौं त्यस्तो स्थिती आउनलाई ?  म कसैलाई व्यक्तिगत हिसाबले प्रहार गर्न खोजिरहेको छैन। बस हाम्रो समाजको तीतो यथार्थ प्रस्ट्याउन खोजिरहेको छु। ताकी फेरि–फेरि यस्ता संकट आइपर्दा, यस्तै तस्बीर र खबरहरु देख्न र सुन्न नपरोस।

अहिलेको रोनाले देश ठप्प परेकाबेला सरकारले उचित व्यवस्था गर्न सकेको छैन। डलरमा चल्ने गैरसरकारी संस्था खै केमा व्यस्त छन्। यो लेख नितान्त जनताको पाटोबाट लेख्दैछु। तिमी हामीले चाहिँ के गरेका थियौं त्यस्तो स्थिती आउनलाई ?

हामीले सानो–सानो कुरामा अल्मलिएर कसरी आफैंलाई हानी पुर्‍याइरहेका छौं, त्यही कुरा खट्कि रहेछ मलाई। देश त अमेरिका, अष्ट्रेलिया, युके, क्यानाडाजस्तो पो हुनुपर्छ, तैट यस्तो नेपालमा के बस्ने होर ? हैन यो नेपाल देश चै‌ कस्को रहेछ ? कस्ले बनाएछ त्यस्तो ? बस्नै लायकको नहुने ?

(बाटोमा फोहोर नफालौं न ! ह्या यो एउटा टुक्राले के हुन्छ र ? यहाँ पहिल्यै फोहोर छ, म एकले फालेर  के हुन्छ र ? कस्तो फोहोर भन्दै थुक्ने तपाइँ हामी। अनावश्यक खर्च नगरौं न) सकी नसकी, बिहे पास्नी ब्रतवन्ध भोज गर्ने हामी अब तडकभडक झन गर्नुपर्‍या बिहेमा इङगेजमेन्ट, मेहेन्दी, संगीत समारोह थप्नुपर्‍यो,  जन्मदिन त्यस्तै भगवान र ठूलाबडाको आर्शिवाद साथी–साथी भाईको शुभकामनाले मात्र पुग्दैन अब ठूलो पार्टी गर्नुपर्‍यो। पहिले–पहिले गुन्यूचोली दिन्थे कन्यालाई अब त्यो पनि मिनी बिहेझै मनाउनुपर्‍यो। दही चिउरा खुवाउँथे गर्भवतीलाई, अब त्यो बेबी सावर बनाउनुपर्‍यो। (चाडबाड पनि अब मनाउने तरिकै भिन्न भयो। अब माइतीले चेलीलाई हैन ठाउँ–ठाउँमा खानुपर्‍यो। पालो नपुग्ला कि भनी एक महिना पहिल्यै बरु सुरु गर्नुपर्‍यो अनि घरमा हैन पार्टी प्यालेसतिर जानुपर्‍यो। होलीमा पुराना कपडा लाएर खेल्न हुन्न, अब सेता टी–सर्टमा ह्यप्पी होली लेखेकै लाउनुपर्‍यो।)

आफ्नाले मात्र पुगेन नि त अब क्रिसमस, ह्यल्लो वीन मनाउनुपर्‍यो। ताल परे थ्याँक्स गिविङ भन्दै टर्की खानुपर्‍यो। (फेशन गर्नुपर्‍यो फलानाले के लायो त्यही लाउनुपर्‍यो, ढिस्कानाले के खायो त्यही खानुपर्‍यो, खोजी–खोजी ब्रान्डेड समान किन्नुपर्‍यो, लाउनलाई नि बुटिक पीस रोज्नुपर्‍यो।)
आफ्नो गाउँ–ठाउँ आफैं बनाऔं न ?
खेतीबारी गरेर को बस्ने ? सहरै पस्नुपर्‍यो। कोचिएर कोठा भाडामा लियी बस्नु किन नपरोस तर गाउँका घरबार उजाड पारी सहर पस्नुपर्‍यो। बिदेशको भूत चढे राष्ट्रियताको गोली मारो। यहाँ पो काम गर्दा लाज हुन्छ त डलरमा पैसो आउने भएपछि त सफा गर्नहोस् जुठा भाडा माझ्नुहोस, विदेशीका सुसारे बन्न होस्स् या अन्य जे गर्न पनि तयार हामी नेपाली। आखिर तस्बीरमा देखिने त राम्रा–राम्रा लुगा, अग्ला–अग्ला बिल्डिङ र समुन्द्र त हुन्।
अली सभ्य बनौंन !
जेब्रा क्रसिङ र आकाशे पुल खोज्दै को जाने, ह्या ट्राफिक छैन भनी यही बाटबाटो काट्ने हो दौडेर। जेब्रा क्रसिङमा पैदल यात्रु छन्, के मतलब झन हुइकाएर गाडी लाने हो।  ओहो शिवरात्रीमा कति राम्रो फूलले शिंगारेका पशुपती ! यो फूल त घर लानुपर्‍यो नि चोरेर।
अस्पातलमा बिरामी मरे एक हुल लगेर डाक्टर कुट्यो अन्त मरे कालले मर्छन्  तर अस्पातलमा त डाक्टरको लापरबाहीले नै हो नि। 
बचत गरौंन ! 
कमाइ अनुसार खर्च हैन खर्च गर्न सके कमाएर, नसके मागेर ऋण गरेर नि खर्च गर्ने हो। विदेशबाट हाड घोटेर पठाएको पैसा छँदैछ, सौख त पूरा गर्नुपर्‍यो नि। बालबालिकालाई उचित स्याहार सुसार साथै अनुशासन सिकाउने हाम्रो प्रचलन नै हराइसक्यो। अरुका बच्चाले गल्ती गरे पनि अपराध र आफ्नाले अपराधै गरे पनि अनजानमा गरेको हो भन्ने हाम्रो ढिप्पी गर्ने बानी नै बनिसक्यो।

बालबालिकालाई कुट्ने, गालीगलौज गर्ने जमाना होइन, फकाएर काबुमा राख्नुपर्छ। तर फकाउने नाउँमा मोबाइल, ट्ययाब्लेट, आइप्याडजस्ता सामग्री दिलाएर माया गर्ने हाम्रो बानीले हाम्रा बालबच्चा कम्प्युटरको दुनियाँभन्दा बाहिर आउन सकेका छैनन्। नेपाली बुझो्स वा नबुझोस अंग्रेजी खरर जान्ने भए हाम्रा बालबालिका सबैभन्दा अब्बल ठानिन्छन्।

बालबालिकालाई कुट्ने, गालीगलौज गर्ने जमाना होइन, फकाएर काबुमा राख्नुपर्छ। तर फकाउने नाउँमा मोबाइल, ट्ययाब्लेट, आइप्याडजस्ता सामग्री दिलाएर मायाँ जताउने हाम्रो बानीले हाम्रा बालबच्चा कम्प्युटरको दुनियाँभन्दा बाहिर आउन सकेका छैनन्। शिक्षा दिलाउने नाउँमा सकिनसकि एक भारी झोलाभरी किताब बोकाएर अंग्रेजी नै पढाउने विद्यालयमा भर्ना गराउने हाम्रो सामाजिक प्रचलन नै बनिसक्यो। नेपाली बुझो्स वा नबुझोस अंग्रेजी खरर जान्ने भए हाम्रा बालबालिका सबैभन्दा अब्बल ठानिन्छन्। 

आर्थिक समृद्धिका लागि सक्षम बनौं 
ह्या जसरी भए नि चलेकै थियो चलेकै छ चल्ने नै छ के को तनाव लिनु। केही परिहाले सरकारलाई गाली गरौंला विदेशीले नेपाललाई माया गर्छन्, सहयोग राहत पठाइहाल्छन्। यसै पनि बाटो, स्कुल विद्यालय विदेशी दाताले नै बनाइदिएकै छन्। यस्ता गतिविधि गर्नको लागि नेता सरकार राजनीतिको केइ भूमिका देख्दिँन म भन्ने हाम्रा आनीबानी हुन्। 

यी यावत कुराले नेपाललाई जकडेर राखेको छ। हामी यहाँ के–के न प्रगति विकास गरेको सोँचिरहँदा विश्वजगतमा अरुले सय पाइला चालीसक्दा हामी एक पाइला चालेर रमाइराखेका छौं। सिंगापुर, मलेसिया, दुबइको द्रुत प्रगति त हामीलाई थाहै छ। यसो भनिरहँदा हो नि नेपाली सबै खत्तम् !  विदेशिने त झन् काम नलाग्ने भन्न खोजेको पटक्कै हैन। धेरै नेपाली देश विदेशमा रही आफ्नो परीश्रम कर्मले आफूले देखेको सपना साकार पारी राख्नुभएकै छ।

देश गुनाको भेष भन्ने त चलन नै छ, आ–आफ्नो ठाउँमा रही सुहाउँदो सभ्य जीवन त अति उत्तम भैहाल्यो तर गलत यो हो कि आफ्नो पैताला मुनिको धरातल बिर्सिएर अरुको देखासिखी गर्दैमा माथिमाथि आकाशमा उड्न खोज्दा कति बेला खुट्टाले जमिन छोडिसकेको हुन्छ र ब्वाङ्लंग पछारिन्छ थाहा हुन्न।

गर्ने के त ?

बुझौ मनन गरौं नेपाललाई अब चाहिएको एकमात्र र एकदमै महŒवपूर्ण कुरा आर्थिक समृद्धि नै हो। यसको कुनै विकल्प छैन। म पेशाले मेडिकल डाक्टर, पहिलो पटक लेख्दैछु र एक आम नेपालीले देखेको अराजक्ताले ग्रस्त नेपाली समाजबारे लेख्दैछु त्यसैले यो लेख त्रुटिपूर्ण होला। दिग्गज, विशेषग्यज्यूहरु त हुँदै हुनुन्छ। मैले त केवल आफूले जीवनमा देख्दै, सुन्दै, भोग्दै पढ्दै आएका कुराहरुले मेरो मस्तिस्कमा छाडेको छाप र आफ्नो प्यारो देश नेपाल पनि सबल सक्षम भएको हेर्ने दृढ इक्षाको मिश्रित भावमात्र पोखेकी हुँ।

अहिलेको कोरोनाले देखाइरहेको ऐनामा मैले देखिरहेछु, झोला बोकी, बच्चा काखमा च्यापेर लस्कर लागेर काठमाडौंबाट हिँड्दै रोल्पा, रुकुम, प्यूठान पुग्न हिँडेका मनिसका ताँती। तपाइँहरु सबैले त्यो ऐनामा आफू र आफ्नो गतिविधि हेर्नुहोला । नेतासँगै हामी जनता पनि केही हदसम्म परिवर्तन हुन जरुरी छ। 

अब हामीले ढिला गर्नुहुन्न, सबैले एउटै सपना देख्नुपर्छ त्यो हो समृद्धिको। आफैंमा सबल नेपालको। त्यसका लागि हामी सबैले आफूमा, आफ्नो परिवारमा, आफ्नो समाजमा र सिंगो राष्ट्रमा सही परीकल्पनासहि मानसिकता र सहि लगशीलताको विकास गर्नुपर्छ। बाल्यकालको राम्रो लालन पालनपछि युवा अवस्था लाग्दै गर्दा सहि मार्गनिर्देशन गर्नुपर्छ र अमूल्य समयको लगानी गर्न सिकाउनुपर्छ। 

लगानी अध्ययनमा, सीप सिकाइमा, पौरखमा र उद्यशीलतामा हुनुपर्छ। त्यही लगानीले नै भोली उनीहरुको भविष्य उज्यालो पार्ने हो। हैन भने दुईदिने जिन्दगी रमाइलो गर्ने बिताउने हो। म, मेरो, मेरा आफ्नाका लागि मात्र राम्रो भए भइहाल्यो नि भन्ने भए, देखासिखी गर्न नछाड्ने भए, यहा ठाउँमा पुग्नेले ठग्ने, लुट्ने, भ्रष्टाचार गरिहनेछन्। ठाउँमा नपुग्ने, हुने खाने अमेरिका अष्ट्रेलिया उडिरहने छन्, त्यो नि नसक्ने खाडी गइरहनेछन् र यी सब गर्न नसक्ने यहीँ दुःख गर्न परे देशलाई गाली गर्दै, नेतालाई गाली गर्दै बसिरहने छन्।

फेरि पनि भन्छु सबै त्यस्तै छैनन्। मलाई म आफू त्यस्तो छैन जस्तो लाग्छ, तपाइँलाई आफू त्यस्तो छैन जस्तो लाग्छ, तर मान्नस् या नमान्नुस् ऐनामा नियाल्दा नेपाली समाजको अराजकता छर्लङै देखिन्छ। देखिन्छन् महावीर पुन, सन्दुक रुइत, कुलमान घिसिङका काम पनि कतै कुना–कुनामा मात्र।

हो, अहिलेको रोनाले देखाइरहेको ऐनामा मैले देखिरहेछु, झोला बोकी, बच्चा काखमा च्यापेर लस्कर लागेर काठमाडौंबाट हिँड्दै रोल्पा, रुकुम, प्यूठान पुग्न हिँडेका मनिसका ताँती। तपाइँहरु सबैले त्यो ऐनामा आफू र आफ्नो गतिविधि हेर्नुहोला, त्यहाँ देखिने सरकार र राजनीति कनेताको गतिविधि त हामी सबैलाई थाहै छ तर उनीहरुसँगै हामी जनता पनि केही हदसम्म परिवर्तन हुन जरुरी छ। मनन गर्नुहोला परिवर्तन जरुरी छ कि छैन।





1 Comment on कोरोनाले नेपाली समाजलाई देखाएको ऐना

  1. Tej Kuamar Rai // April 28, 2020 at 1:46 am // Reply

    Interesting.

Leave a comment

Your email address will not be published.


*