कोरोनाले मानव जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तन

          |   प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७     ::: 457 पटक पढिएको   |  

सन्तोषी शाह

आज विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले विश्व समुदायलाई हल्लाएको छ । यसले गर्दा विश्वमा आर्थिक संकट, मानविय क्षती, बेरोजगारीको सिर्जना भएको छ । ज्यालामजदुरी गरेर जिविका चलाउनेहरुको चुल्होमा आगो बल्न पनि धौ धौ भएको छ । स्थापना भएका क्वारेन्टाइन मा बालबालिका तथा महिला माथी हिंसाका साथै थप दुव्र्यवहारका घटनाहरु घट्ने अन्य रोगको संक्रमण हुने सम्भावना देखिन्छ ।
देशमा थप लकडाउन नगरेमा नोबेल कोरोना भाइरसको संक्रमण बढि हुने जोखिम उत्तिकै छ । लकडाउनमा कसैको दैनिकी रचनात्मक क्रियाकलापमा बितिरहेको छ, भने कसैलाई यो लकडाउनले गर्दा दिक्क लागेको छ । कोरोना भाइरसको संक्रमणले धेरै क्षती गरेको नै छ, साथै कोरोनासँगसँगै मानवजीवन शैलीमा सकारात्मक परिवर्तन ल्याईदिएको छ ।
दिनमा अरुको सम्पती के कति भयो ? कसका छोराछोरी के बने ? फलानाको छोराछोरी धेरै पढे, कति कमाए ? उसको बारीको तरकारी राम्रो फल्यो मेरो किन फलेन ? फलानाको भाई बहिनीहरुको मेलमिलाप कस्तो रहेको छ ? आमाबुवाको जग्गा यति मेरो यति तिम्रो ? म मरेपछि यति सम्पती छ भनि बाँडेर खानु है ? फलानको बुहारी यस्तो लक्षण कि मेरी बुहारी यस्तो लक्षण कि ? तपाईको बुहारीले माइतीबाट दाइजो कति ल्यायो ? उसले कति पैसा हालेर घडेरी किन्यो ? भनि अर्काको बारेमा जन्मेदेखि मृत्युको मुखसम्म पुग्दा पनि सोच्ने तर आफ्नो बारेमा पनि कहिल्यै समिक्षा नगर्ने हामी र आज चन्द्रमामा बस्ती बसाउनेहरु, अन्तरिक्षमा पलट लिनेहरु, गरिब माथि शासन चलाउनेहरु, चमेरा सर्पहरु चपाउनेहरु, शासन कसको कसरी चलेको छ भनि परिक्षा लिनेहरु, मानिसलाई बेहोस् बनाएर होस्मा ल्याउन सक्नेहरु, विभिन्न औषधी पत्ता लगाएर बालबालिकाको भु्रण हत्या गर्नेहरु आज आफ्नो स्वास्थ्यको बारेमा ख्याल पु¥याउने भएका छन् ।
अहिले संसारमा कसैले कसैको माया भन्दा पनि आफ्नो स्वास्थ्य माया र चासो मानिसमा बढेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको २६ अप्रिल २०२० को तथ्यांक अनुसार २ सय १३ देशमा २७ लाख ७४ हजार एक सय ३५ जना संक्रमित छन् । संगठनका अनुसार १ लाख ९० हजार ८ सय ७१ जनाको मृत्यु भईसकेको छ । नेपालमा अहिले क्वारेन्टाइनमा १४७३१, आइसोलेसनमा ८७ जना रहेका छन् भने संक्रमितको संख्या ५१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या १६ पुगेको छ । नेपालमा पनि कोरोेना महामारीको जोखिमसँगै केहि सकरात्मक मानिसको जीवनशैलीमा परिवर्तन आएको देखिन्छ ।
स्वास्थ्य
मानिसहरु हात नधोएर खाना पकाउने, खाने हाम्रो प्रचलनमा सुधार भएको छ । मानिसहरु अनिवार्य रुपमा हात धोएर खाने बानिको विकास भएको छ । मानिसहरु काममा मात्र ध्यान दिने गरेका थिए अहिले आफ्नो स्वास्थ्यको ख्याल गर्ने गरेका छन् । आफ्नो बारीमा उत्पादन भएको तरकारी र घरमा उत्पादन भएको अन्न खाने बानीमा सुधार भएको छ । स्वास्थ्य क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारको चासो तथा लगानीमा बृद्धि भएको छ । राज्यको स्वास्थ्य प्रणालीमा सुधार भएको छ । जस्तै स्वास्थ्य संस्थाहरुमा साम्रगीहरु उपलब्धता भएका छन् । नेपालमा सरुवा रोगको लागि स्वास्थ्य संरचना कमी रहेको थियो । अहिले राज्यले सरुवा रोग चेकजाँच सम्बन्धी संरचनाहरु निर्माण कार्य सुरुवात भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तीको थप उनीहरुको क्षमतामा थप विकास भएको छ । नेपालमा विभिन्न क्षेत्रमा स्वास्थ्य साम्रगी वितरण भएका छन् ।
स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले कोरोना संक्रमणबाट हुन सक्ने जोखिमबाट बच्नका लागि सुदुरपश्चिम प्रदेशमा ३९४५ क्वारेन्टाइन, ५८५८ क्वारेन्टाइन बेड, २८५ आइसोलेसन वेड व्यबस्थापन, कर्णाली प्रदेशमा १३९१ क्वारेन्टाइन, ४३६८ क्वारेन्टाइन बेड, २५३ आइसोलेसन वेड व्यबस्थापन, प्रदेश नं ५ मा ५७६३ क्वारेन्टाइन, ८८५३ क्वारेन्टाइन बेड, ५३४ आइसोलेसन वेड व्यबस्थापन, गण्डकी प्रदेशमा मा २०८ क्वारेन्टाइन, ४०३३ क्वारेन्टाइन बेड, २८३ आइसोलेसन वेड व्यबस्थापन, बागमती प्रदेशमा २४८ क्वारेन्टाइन, ४४९४ क्वारेन्टाइन बेड, ९५३ आइसोलेसन वेड व्यबस्थापन, प्रदेश नं २ मा ११४० क्वारेन्टाइन, ३३७७ क्वारेन्टाइन बेड, २४७ आइसोलेसन वेड व्यबस्थापन र प्रदेश नं १ मा १३८१ क्वारेन्टाइन, ४८४२ क्वारेन्टाइन बेड, ३६३ आइसोलेसन वेड व्यबस्थापन गरिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) स्वास्थ्यका क्षेत्रमा विपद व्यस्थापन कोषको स्थापना गरिएको छ ।
वातावरण
मानिसहरु जथाभावी मासु खाने प्रचलनमा सुधार आएको छ । अहिले अधिकांश मानिसहरुले मासु खान छोडेका छन् । मासु उत्पादन गर्दा कार्बनडाइअक्साइड बढि प्रयोग हुँदा बातावरण प्रदुषण बढि भएको थियो । मासु उत्पादनमा कमी आएपछि वातारवरण प्रर्दुषणमा सुधार आएको छ । फोहोर जथाभावी फाल्ने बानिमा सुधार आएको छ । मुख नछोपेर खोक्ने, हाछ्यु गर्ने, सिगाँन जथाभावी फाल्ने बानिमा सुधार आएको छ यसले गर्दा वातावरण प्रदुषणमा कमी भएको पाइएको छ । विभिन्न कलकारखाना, गाडी, मोटरबाट उत्पादन हुने धुलो धुवाँको मात्रामा कमी भएको छ यसले बातावरण प्रदुषणमा सुधार आएको छ ।
संचार प्रविधि
मानिसहरु प्राय टेलिभिजनमा विभिन्न टेलिश्रृखला, खेलकुद, गित, संगित मात्र हेर्ने गर्थे । स्थानिय स्तरमा रेडियोबाट गीतमात्र बजाउने काम गर्ने गर्थे । पत्रपत्रिकामा विशेष समचारमा कुन दलले के ग¥यो भन्ने विषयमा मात्र मानिसहरुको चासो हुन्थ्यो । अहिले मानिसहरु समाचार सुन्ने बानिको विकास भएको छ । बालबालिका देखिबृद्धसम्म समाचार सुन्ने बानिको विकास भएको छ । मानिसहरुले पैसा निकाल्नको लागि कैयौ घण्टा बैंकमा लाइन लाग्ने गर्थै अहिले एटिएम कार्डबाट पैसा झिक्ने कार्य भएको छ । साथै बिजुली, खानेपानी शुल्क टेलिभिजन, मोबाइलको रिचार्जकार्ड अधिकांशले मोवाइल बैङ्किकबाट, इ–सेवाबाट तिर्ने गरेका छन् । यसले गर्दा मानिसको समयका बचत भएको छ । नयाँनयाँ प्रविधीको विकासमा विश्वले अझै थप खोज अनुसन्धान भइरहेको छ ।
शिक्षा
बालबालिकालाई शिक्षा दिनको लागि अहिलेसम्मको हाम्रो सोचमा विद्यालय र पाठ्यपुस्तक मात्र थियो । अहिले शैक्षिक क्षेत्रमा बालबालिकालाई रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुमा बालबालिकाको पाठ्यक्रममा भएको विषयवतुलाई प्रकाशन प्रसारणमा सुरुवात भएको छ । बालबालिकालाई विद्यालय बन्द भएको बेलामा कस्ता शिक्षण विधिहरु अपनाएर शिक्षण गर्ने, रेडियो टेलिभिजन र इमेल इन्टरनेट पहुँचमा नभएका बालबालिकालाई कसरी शिक्षाको पहुँचमा ल्याउने भन्ने विषयमा आज नयाँ खोजको विषय भइरहेको अवस्था छ । शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि कसरी बालबालिकाको शिक्षा क्षेत्रमा पहुँच बढाउने विषयमा निर्देशिका तयार गर्ने, इमेल, इन्टरनेट र भिडियो कल गरि बैठक संचालन गर्ने बानिको विकास भएको छ । लकडाउनले गर्दा मानिसले विभिन्न इतिहासका रचनाहरु, साहित्य, कथा, कविता का पुस्तकहरु विभिन्न वेइवसाइडहरु डाउनलोड गरि अध्ययन गर्ने अवसर पाएका छन् र विभिन्न लेख रचनाहरु लेख्ने समय पाएका छन् । यसले गर्दा मानिसमा थप ज्ञानको विकास र सिर्जनशिलतामा निखार आएको छ
उत्पादशिल क्षेत्र
गाउँमा बसेर के हुन्छ कृषि पनि के पेशा हो सोच भएको जनशक्तिमा स्वदेशबाट विदेश, गाउँबाट शहर झरेका मानिसहरुलाई आफ्नो गाउँमा नै केहि गर्नुपर्छ भनेर खेती नलगाएका जग्गाहरुमा खेतीपाती लगाउन सुरुवात भएको छ यसले गर्दा खेतियोग्य जमिनको वृद्धि हुन्छ मानिसहरु आत्मनिर्भर बन्ने वानिको विकास हुन्छ विस्तारै दिर्धकालिन विकासतिर देश लम्कन्छ । गाउँमा खाली भएका जमिनमा पुन उत्पादन सुरु भएको अवस्था छ ।
खानपीन
मानिसलाई सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्ने प्रवृतीको विकास भएको छ धेरै धुम्रपान तथा मद्यपान गर्ने मानिसहरु अहिले कम पाइएको छ । यसले गर्दा मानिसको आर्थिक बचत भएको छ । घरमा झैझगडा गर्ने, कुटपिट गर्नमा कमीका साथै आफ्नो प्रतिष्ठमा सुधार आएको छ । बजारमा अजिनामोटो मिसाएका चाउमिन, चाउचाउ, मम र अन्य मसला र रंग बढि प्रयोग गरिएका खानेकुराहरु ठप्प बन्द हुनाले मानिसले स्थानिय स्तरमा उत्पादन भएका विषादी नमिसाएर आर्गनिक खानेकुरा खाने गरेका छन् यसले गर्दा स्वास्थ्यमा असर नपरेको र खाने बानिमा सुधार भएको छ ।
सामाजिक क्षेत्र
जन्मथलो प्रतिको माया वृद्धिका साथै सबै आफ्नो जन्मथलो छोडेर गाउँबाट शहर, स्वदेशबाट विदेश गएका मानिसहरु आफ्नो जन्मभुमीतिर फर्केका छन् यसले गर्दा सामाजिक भावनाको विकास हुन्छ । मानिसहरु एकहोरो व्यबस्तताले घरमा समय नदिएको पाइएको थियो अहिले कोरोनाको त्रासले सबै घरमा लकडाउनमा बसेको समयमा आफ्नो घरपरिवारसँगको समबन्ध थप मजवुत भएको छ फोनबाट, इमेल इन्टरनेट, फेसबुकबाट आफ्ना दुःख र खुसी एकआपसमा आदानप्रदान गर्ने अवसर जुटेको छ । कोरोनाले घर्म, जात, धनी, गरिव, बालबालिका, युवा, वृद्ध, भाषाभाषी, पार्टी इत्यादि कुनै पनि छुट्याउदैन यो जसमा पनि संक्रमण हुनसक्छ र मानिसको ज्यान पनि लिन्छ कोरोना भाइरसको त्रासले अहिले स्थानिय, प्रदेश र संघ सरकारको एक आपसमा थप सहयोग तथा समन्वय बढेको छ । सबैले एकजुट भएर कोरोना भाइरस जोखिमबाट बच्नका लागि ऐक्वद्धता भएको छ ।
अन्त्यमा कोरोनाको महामारीसँगै सकारात्मक मानवजीवन शैलिमा र देशमा सकारात्मक परिवर्तन आएको अवस्था रहेको छ । यसलाई हामीले दिगोपना दिन आवश्यक छ । यस्ता सकारात्मक परिवर्तनलाई एकआपसमा आदानप्रदान गर्नुपर्छ कोरोनासँग लड्ने शक्तिको हामीमा विकास गर्छ जुनसुकै घर परिवार समाज र राष्ट्र सबल बन्नका लागि समस्या, जोखिम, चुनौतीले सिकाएको पाठले मजबुत बनाएको पाइन्छ ।





1 Comment on कोरोनाले मानव जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तन

  1. Tej Kuamar Rai // April 28, 2020 at 1:43 am // Reply

    Good Article.

Leave a comment

Your email address will not be published.


*