लकडाउनमा वैकल्पिक उपाय : प्रविधि मोहमा शिक्षा

          |   प्रकाशित मितिः शनिबार, बैशाख २०, २०७७     ::: 324 पटक पढिएको   |  

महेन्द्रकुमार कार्की
mkarki123.mk@gmail.com
शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् ‘शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन् ।’ यसको मतलब राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचार धाराले शिक्षालाई निर्दिष्ट गर्दछ ।
कोरोना भाइरस (कोभिड–१९) को माहामारीले विश्व थर्कमान भईरहेको छ । उद्योग कलकारखाना बन्द छन् । यातायात ठप्प छन् । मानिसहरु स्वघोषित घर–घरमा बन्द छन् । सडकमा निस्केमा सरकारले सजाय दिन्छ । विद्यालय कलेज र सरकारी कार्यालय बन्द छन् । नेपालको सन्दर्भमा पनि यहि अबस्था छ । दैनिक विद्यालय जाने शिक्षक विधार्थी घरमा बन्द छन् । बालबालिकाको दैनिकमा किताब मोह हटिसकेको छ । बालबालिका प्राय खुल्ला चौर वा आगँनमा खेल्न मन पराउँछन् । यो शहरमा सम्भावना कम छ । माहामारीका कारण घर भित्र बस्नु पर्दछ । बा आमा र छोराछोरीको कुस्ती नै पर्दछ भन्दापनि हुन्छ । मोबाइलका कारण पनि बालबालिकामा मनोेवैज्ञानिक असर पर्दछ । यस्तो अबस्थामा के गर्ने को सगँ उपाय माग्न जाने ? कस्तो खाले उपाय दिने ? एसई परिक्षा नदिएका विद्यार्थीलाई कसरी मानसिक रुपमा सन्तुलनमा राख्ने ?
विश्वविद्यालयका परिक्षाहरु पनि रोकिएका छन् । यस्तो अबस्थामा विद्यार्थीहरुलाई कसरी विद्यालय वा विश्वविद्यालय शिक्षा सगँजोड्ने बहस चलिरहेको छ । प्रविधिको बारेमा नेपालमा बहस चलिरहेको छ । यहि कुरालाई मध्यनजर राखेर दूर शिक्षाको सुरुवात भयो । हाल नेपालमा सरकारी र एनआरएनको पहलमा खुल्ला विश्वविद्यालय संञ्चालनमा रहेको छ । हाल मध्यपश्चिम विश्व विद्यालय शिक्षा शास्त्र संकाय केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख जसविर रोका अनलाईन कक्षा केन्द्रिय क्याम्समा प्रक्रियामा रहेको बताउनुहुन्छ ।
अनलाइन पढाई कति सम्भव ?
हामीनयाँ नयाँ अभ्यासको थालनी गर्न अभ्यस्त छौँ । यसमा शिक्षा मन्त्रालय स्वयंको प्रयत्न र अभ्यासको प्रयासले कति काम गरेको छ, भविश्यले बताउला । भौगोलिक विकटताले गर्दा दुर्गम बस्तीसम्म हामीले विद्यालय शिक्षा दिन सकैनौँ । अझैपनि कयौ स्थानमा लामो बाटो तय गरेर विद्यालय पुग्नुपर्ने वाध्यता यही मुलुकका बालबालिकको नियति छ । अर्का तिर घरछेउमै सुविधा भएरपनि लगानी कर्ताको चाहना, अभिभावकका आडम्बर र व्यवस्थापकको लाचारीका भरमा टाढा धाउनै पर्ने रोजाइको विकल्प पनि यही छ।
लकडाउन लम्बिँदै गएपछि सरकारले नयाँ शैक्षिक सत्र नबिग्रियो भनेर तत्कालका लागि अनलाइन शिक्षणलाई प्राथमिकता दिएको छ । तर अनलाइन वा इन्टरनेटको पहुँचमा कति बालबालिका छन् भन्ने व्यवहारिक अध्ययनमा सरकार लागेको छैन । सरकार तत्कालका लागि काम चलाउ अनलाइन शिक्षामा अल्झिएको छ । दीर्घकालीन योजनाको रुपमा अगाडि बढाएर यसलाई वैकल्पिक माध्यम बनाउने सोच सरकारको देखिँदैन ।
इन्टरनेटको पहुँचमा भएका बालबालिकाका लागि शिक्षा आवश्यक भएपनि इन्टरनेटको पहुँचमा नभएका लागि के गर्ने भन्ने कुरामा सरकार आफैँ अन्योलमा छ । शिक्षाको पहुँचमा सबैलाई पुर्याउने सरकारको लक्ष्य भएपनि अनलाइन प्रविधिलाई मात्र जोड दिँदा इन्टरनेटको पहुँच भएका बालबालिकाले शिक्षा लिने र पहुँच बाहिर भएका बालबालिका शिक्षाबाट वञ्चित हुने देखिन्छ ।
नेपाल दूर सञ्चार प्राधिकरणले सन् २०२० को सुरुमा गरेको अध्ययन अनुसार २ करोड १२ लाख ९८ हजार ११ जनाइन्टरनेटको पहुँचमा छन् । जसमध्ये मोबाइलबाट ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा ५५ दशमलव ३० प्रतिशत छन् । यस्तै तारबाट इन्टरनेट चलाउनेको सङ्ख्या १६ दशमलव १० र तारविहीन (वाइफाइ) चलाउनेको सङ्ख्या शून्य दशमलव ७६ प्रतिशत गरी ७२ दशमलव १६ नागरिक प्रतिशत इन्टरनेटको पहुँचमा छन् ।
यस्तै उच्चस्तरीय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसार नेपालमा २७ हजार ८ सय ८३ सामुदायिक विद्यालय छन् । जसमध्ये १० हजार विद्यालयमा कम्प्युटर व्यवस्था छ भने झण्डै १२ प्रतिशत विद्यालयमा कम्प्युटरको पहुँच छ ।
यसैगरी १३ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच छ भने ३५ प्रतिशत विद्यालयमा मात्र बिजुली पुगेको छ । यो तथ्याङ्कको आधारमा मात्र अनलाइनबाट कसरी पढाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर देखिँदैन ।
भौगोलिक विकटताले गर्दा दुर्गम बस्तीसम्म हामीले विद्यालय दिन सकैनौँ । अझैपनि कैयौँ स्थानमा लामो बाटो तय गरेर विद्यालय पुग्नुपर्ने वाध्यता यही मुलुकका बालबालिकाको नियति छ । अर्कातिर घरछेउमै सुविधा भएर पनि लगानीकर्ताको चाहना, अभिभावकका आडम्बर र व्यवस्थापकको लाचारीका भरमा टाढाधाउनैपर्ने रोजाइको विकल्प पनि यही छ । ‘गर्नै नपर्ने काम गर्नु’ भनेको कमजोर ‘मनोवृत्ती’ हो भने ‘गर्नै पर्ने काम नगर्नु’ भनेको कमजोर इन्टेग्रिटीको नतिजा हो, इमान्दारिताको अभाव हो । कमजोर क्षमता र सोचको अभावले ‘जति गर्नुपर्ने हो त्यति गर्न नसकेको’ देखिए पनि यस्ता पदाधिकारीले आफ्ना निकायलाई थप विग्रन दिएका छैनन् ।

अहिले यसैमा सन्तोष मान्नुपर्ने अवस्था छ । सार्वजनिक निकायको यस भिडमा सुधार गर्ने पात्र पनि छन्, जसको सङ्ख्या अत्यन्त न्यून छ । छाँयामा रहेका यस्ता पात्रहरु वास्तविक धन्यवादका हकदार हुन् । त्यसकारण सबैभन्दा पहिले शिक्षा भनेको के ? भन्ने स्पष्ट गर्नु पर्छ । युग अनुकुल शिक्षाको परिभाषा फरक हुन्छ । शिक्षामा अरस्तु, कौटिल्य लगायतको सुरुको युग थियो । त्यसबेलाको शिक्षा राजा–महाराजा सामन्तहरुलाई सहयोगी भूमिका खेल्न लाई, कारिन्दा तय गर्नका लागि हुन्थ्यो । विश्वब्रह्माण्ड भनेको के हो भन्ने थाहा थिएन । भगवानको आविश्कार हो भन्दै पढ्थे । कसरी सत्ता चलाउने भन्ने थोरै सिकाउँथे । बादशाहको सत्ता चलाउनका निम्ति, युद्ध गर्नका निम्ति सीमित मान्छेले पढे पुग्थ्यो ।
आधुनिक युग आयो । तर, अहिलेपनि हाम्रो शिक्षा प्रणाली सत्ताको वरिपरि बस्नेहरुका कारिन्दा पैदा गर्ने खालको मात्रै छ । यहीकारणले सही अर्थमा सबैलाई शिक्षा दिने आधुनिक ज्ञान र विज्ञानमा आधारित शिक्षा दिने भन्नुको साटो कारिन्दा तयार गर्ने र औपचारिक प्रमाणपत्र दिने संस्थाका रुपमा विश्वविद्यालयलाई बुझिरहेका छौं । सबैभन्दा ठूलो त्रुटी यहाँ भइरहेको छ । कक्षामा भएको पढाईलाई कुनै एउटा समयमा रेडियोमा दिने अर्को विकल्प हुन सक्छ । त्यसका लागि सामुदायिक रेडियोलाई सदुपयोग गर्न सकिन्छ । तत्कालको अवस्थामा अनलाइन कक्षामा सहभागी हुन नसक्नेलाई कक्षामा पढाइएका विषयमा पछि पहुँच दिने सुविधा अनलाइन शिक्षा अहिलेलाई विद्यार्थीलाई पढ्ने बानी नटुटोस् भनेर अवलम्बन गर्न सकिएपनि पूर्णकालीन एवं नियमित पठन–पाठनको माध्यम बनाउन न्यूनतम पूर्वाधार खडा नगरी यही नै निर्विकल्प साधनमा अर्को समस्या उत्पन हुनेतर्फ सम्बन्धित सरोकारवालाको समयमै ध्यान जानु जरूरी देखिन्छ।
यो लेखको सर्वाधिकार लेखकमा रहेको छ ।





1 Comment on लकडाउनमा वैकल्पिक उपाय : प्रविधि मोहमा शिक्षा

  1. Mahendra // May 3, 2020 at 2:10 am // Reply

    Thanks

Leave a comment

Your email address will not be published.


*