आशा गरौं, भर नपरौं, सुरू गरौं

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख २६, २०७७     ::: 175 पटक पढिएको   |  

वासुदेव उपाध्याय

विश्वभर फैलिएको कोरोना भाइरसको कारण हामी लकडाउनको (बन्दाबन्दी) अवस्थामा छौँ । जसको कारण हाम्रा विद्यालय बन्द छन् । नियमित पठनपाठन हुन सक्ने अवस्था छैन । अचेल अधिकांश बालबालिकाको दैनिकी घरपरिवारका सदस्यहरुसँग बितिरहेको छ । हालसम्मको अवस्था हेर्दा छिमेकी देश भारतमा कोरोनाको माहामारी फैलनु र नेपाल भारत बिच खुला सिमाना हुनुले हामीले थप सावधानी अपनाउनु पर्ने देखिएको छ । अर्कोतर्फ नेपालमा पनि एक सय जनाको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् । खुसीको कुरा संक्रमितहरु उपचारपछि सञ्चो भएर घर फर्कने क्रम जारी छ । हालसम्म कुनै पनि नेपाली नागरिकले मृत्युवरण गर्नु परेको छैन । तथापी सम्भावित जोखिमका कारण हामीहरुले लामो बन्दाबन्दीको सामना गर्नुपर्ने हुनसक्छ ।
विगतका बर्षहरुमा जस्तो समयमै विद्यालयहरू खुल्ने र नियमित रुपमा शैक्षिक गतिविधिहरू सञ्चालन हुने सम्भावना छैन । यो बर्ष विद्यालयको अवसरबाट बञ्चितलाई विद्यालयमा पु¥याउन पूmलमाला, सिधापानी र दियोबत्ती तयार बनाएर पुरोहित रिझाएकाहरुको दक्ष यज्ञ विनाश भएको छ । प्रश्न उठ्छ कहाँ जाला उनीहरुले तयार पारेको सिधापानी र फल प्रसादी ? हुन त माहामारीको समयमा चलाएका अन्तरदेशीय दोकानहरुले प्रमाणित गरिसकेका छन् कि ईश्वर आत्मामा हुन्छन् आत्मा तृप्त गरेपुग्छ । भन्ने शास्त्रीय वाक्यको भरपूर उपयोग हुने सम्भावना पनि उत्तिकै प्रबल देखिन्छ । यस बर्ष कोरोनाले चल्तीको बाटो भत्काएको छ । सर्वजन हिताय, सबर्जन सुखाय, परोपकार, अहिंसा, सदाचार र समाभाव जस्ता बाटाहरु बेचल्तीका भईसकेका छन् । आज आएर तिनै बेचल्तीका भनेर उपेक्षामा परेका मार्गहरुलाई पराकिला बनाउने अवसर हाम्रो हातमा छ । तसर्थ स्कुल खुलेन, किताब मिलेनन्, नाम लेखिएन, घण्टीको तालमा आकाशे रङको पोसाक लगाएर पिटी परेड गर्न पाइएन, लौ बिजोग भो भन्नुको साटो समयमा नित्यक्रिया, योग, ध्यान, प्रणायामको प्रयोगले स्वस्थ र संतुलित जीवन शैली निर्माण गरौं । सदाचारी जीवन नियमको अभ्यास गरौं । रैथाने र स्थानीय भोजनको उत्पादन र प्रयोगतर्फ प्रेरित गरौं । प्रकृति र मानवको सह–सम्बन्ध बुझ्ने बुझाउने काममा आफू र आफ्ना ब्यस्त राखौं । घरमा दैनिक तर्क संवाद र शास्त्रार्थको संतुलित वातावरण तयार गरी बिचारको निर्माण एवं विनिमय गर्ने अभ्यासलाई फलिभूल बनार्औ ।
अभिभावकको चेतना नापी हिड्ने नापी शास्त्रीहरुलाई तिमीहरुको मूल्यांकन सतही र लहडी छ भनेर प्रमाणित गर्ने अवसर जुरेको छ । अभिभावकले समेत बालबालिकाको सिकाइमा योगदान दिन सक्छन् भनेर प्रमाणित गरेर देखाउने बेला आएको छ । बालबालिकाहरूले पनि हामी अनुभव गरेर, छामेर, छोएर, सहभागी भएर, आमा बाबा दाजु दिदीसंग घरमै छलफल सिक्न सिक्छौं भनेर प्रमाणित गरेर देखाउने बेला भएको छ । अरुले नै तयार पारेर मेरा बाआामाले आफ्ना पसिनासंग किनेका प्रमाणिक ज्ञानको लेप लागेका माखीमुन्टे निर्जीब अक्षर माथिको निर्भरताबाट फड्को मार्ने समय आएको छ । स्कुल, कक्षा, रोल नम्बर, पाठ्यक्रम, पाठ्यपुस्तक, समय तालिका, बिषय र बिषय शिक्षक, कथित पोसाक शैक्षिक सामग्री जस्ता थुप्रै यान्त्रिकीकरणको जालोमा अल्झीएर सिकेको पाठभन्दा आफ्नै परिवेश, परिस्थिति, परिवार, संस्कार संस्कृति र दैनिक जीवनबाट सिकेको ज्ञान सिप ब्यवहारिक र दीगो छ भन्ने बेला आएको छ । नपत्याए तिम्रो विज्ञता पोखिएको पाठ्यक्रममा राखेका सिकाइ उपलब्धी र ब्यबहार कुशल सिपका तराजुमा हाल हामी अब्बल भएका छौं भनेर प्रमाणित गर्नु पर्नेछ । विद्यालयको चौघेरा भन्दा बाहिर घर परिवार पनि सिकाइका लागि उर्बर र फाँटिलो भएको कुरा सिद्धन्तमा मात्र नभै ब्यवहारमा समेत पुष्टि गर्नु पर्नेछ ।
जीवनले विगतमा सिकाएका पाठहरुलाई आर्जनको रुपमा लिएर वर्तमान बन्दाबन्दीबाट सिर्जित परिस्थितिलाई अवसरको रुपमा उपयोग गर्दै सुन्दर भविष्यको आशामा वर्तमानमा बाँच्ने कला सिक्न सिकाउन यो समयको उपयोग गर्न सकिन्छ यस अवधिमा । अतीतका आत्मरतिमा रमाएर हिजोको जस्तै दिनचर्या नभईदिएकोमा किंकर्तब्य विमुढ नादान बालक भन्दा तत्कालीन समयको धस्रो समातेर गन्तब्यमा लम्किने कर्मशील मनुष्य बनाउन समेत यो समयको उपयोग गर्न सकिन्छ । हिजोको जीवन गति बन्द भयो अब के गरौं ? भनेर कुहिरोको काग जस्ता आफ्नै आकासमा रुमल्लिने गन्तब्यहीन यात्री हुनबाट जोगाएर आफूमा भएको क्षमताको पहिचान गर्ने असल जीवक साधक बनाउने अवसर छ ।
यो बन्दाबन्दीको समयले अभिभावकहरु थप जिम्मेवार हुनुपर्ने अवस्था सिर्जना भएको छ । आफ्ना बालबालिकालाई घरैमा सिकाउने दायित्व थपिएको छ । अभिभावकहरु क्रियाशील भएर बालबालिकाहरूसँग खेल्ने, रमाउने, सिक्ने सिकाउने काममा संलग्न हुनुपर्ने आवश्यकता देखिएको छ । जसको लागि बालमनोभावना अनुकूल नैतिक कथा, महापुरुषका जीवनी, सूक्ती, योग, प्रणायाम, ध्यान जस्ता क्रियाकलापमा लगाउनु श्रेयस्कर मानिएको छ । घरबैठक जस्ता क्रियाकलापको आयोजना गरी पारिवारिक योजना बनाउने, भूमिका निर्वहन गर्ने र आफ्ना धारणा राख्नु जस्ता कुराहरुमा सरिक गराएर गाउँखाने कथा जस्ता जस्ता बौद्धिक क्रियाकलापमा सरिक गराउनु गर्दछ । बालबालिकाको रुचि अनुकूल घर वरपर गर्न सकिने साना परियोजना र अनुसन्धान कार्यमा संलग्न गराएर अनुभवजन्य सिकाइको वातावरण तयार गरिदिनु पर्छ ।
बन्दाबन्दीको कारण घरमा रहेका बालबालिकालाई ब्यवहारिक ज्ञान सिप हासिल गराउन र उनीहरुमा भएका प्रतिभालाई थप मलजल गरी अनेकौं सिर्जनशील क्रियाकलापमा सहभागी गर्न गराउन सकिन्छ । उनीहरुमा भाषिक, नैतिक, गणित र जीवन उपयोगी सिप बिकासका क्रियाकलापहरु मनोरम तरिकाले सिकाउन सकिन्छ । तसर्थ हाम्रा विद्यालय देखि विश्व विद्यालयसम्मका जुन तह वा उमरको भए तापनि मस्तिष्कको अधिकतम उपयोग बिना सिकाई दुष्कर हुन्छ । जसको लागि मस्तिष्क ब्यायाम, आराम र पोषणका क्रियाकलापमा बालबालिकालाई सहभागि गराउनु श्रेयस्कर मानिन्छ । सानै अवस्था देखि सूचना लिने, सुचनाको तार्किक विश्लेषण गर्ने र तथ्यको बारेमा समुचित धारणा निर्माण गर्ने बानीको बिकास गर्न प्रयत्नमा लागि परौं । बालबालिकाको सन्दर्भमा उनिहरूको क्षमता र रुचिअनुसार उनिहरुसंगै बसेर रेडियो सुनौं, टेलीभिजन हेरौं के बुझियो छलफल गरौं । घरमा भएका पुस्तकहरु पढेर सुन्ने सुनाउने गरौं । कथामा भएको पात्रको स्थानमा तिमी भए के गथ्र्यौ ? धारणा राख्न भनौं म भए यसो गर्थें भनेर आफ्नो पनि धारणा सुनाउने गरौं । कथा, कविता सुनाउने र पुनः कथन गर्ने गराउने अभ्यास गरौं । गाउँखाने कथा चुटकिलाहरु आफूले जानेका सुनाउने गरौं र बालबालिकाले भनेका सुनौ । लोककथा सुनाउने र श्रुतिलेखनको अभ्यास गराउने गरौं । आफूले चिनेका मानिसहरुको नाम भन्ने, शब्द अन्ताक्षरी जस्ता मौखिक प्रतियोगिताहरु गरौं । दैनिकी लेखनका लागि आफू तयार बनौं र बालबालिकालाई समेत लेख्न प्रेरित गरौं ।
सके दैनिक नसके साप्ताहिकरुपमा घर बैठकका क्रियाकलापको आयोजना गरेर बालबालिकालाई विचार राख्ने अवसर प्रदान गरौं । घरायसी आम्दानी खर्चको योजना निर्माण गरौं । मौसम अवलोकन, चन्द्रकला अवलोकन र विरुवाको अवलोकन गरी प्रतिवेदन सहयोग र प्रेरित गरौं । अतः एवं आदणीय अभिभावक ज्यूहरू, आशा गरौं, चाँढै विद्यालय खुलेर बालबालिकाले नियमित सिकाइको अवसर पाउनेछन् तर त्यसकै भर नगरौं, समय घर्किदैछ अविलम्ब जानेको सकेको सुरू गरौं ।





Leave a comment

Your email address will not be published.


*