चीनले दियो ४० हजार थान पीसीआर किट

          |   प्रकाशित मितिः सोमवार, बैशाख २९, २०७७     ::: 40 पटक पढिएको   |  

काठमाडौं वैशाख २९ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकार लाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गरे ।चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नेछन् ।





Leave a comment

Your email address will not be published.


*