विपद् व्यवस्थापन कोषको प्रभावकारीता

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ २, २०७७     ::: 258 पटक पढिएको   |  

सन्तोषी शाह,दैलेख

प्रभावित समाज वा समुदायले आफ्नै स्रोत साधन र सामथ्र्यको प्रयोग गरी धान्न नसक्ने गरी हुने त्यस्तो व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरयाीय क्षति एवं असरहरु जसका कारण समुदायको समान्य जीवन पद्धती गम्भीर रुपमा अवरुद्ध हुन पुग्छ यसलाई विपद भनिन्छ । (श्रोतः विपद् जोखिम न्यूनिकरण सम्बन्धी शब्दावली–२०७२, नेपाल सरकार गृह मन्त्रालय) भनिन्छ । विपद् बाजा बजाएर आउँदैन । अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई नै संकट बनाएको छ । आज विश्वमा कोरोना भाइरसले २, ८६, ५२५ को ज्यान लगिसकेको छ ।
कोरोना भाइरसले संक्रमितको संख्या ४१,७९,४७९ पुगेको छ । यसको लागि नेपाल पनि दिनप्रतिदिन जोखिममा गइरहेको छ । बिहिवारसम्म नेपालमा २२,६६४ पीसीआर विधीबाट परिक्षण र आरडीटी परिक्षण ६२, ३२७ को परिक्षण गर्दा २४६ जना संक्रमित रहेका छन् । यी मध्ये ३५ जना निको भएका छन् अवस्था छन् भने क्वारेन्टाइनमा १५,६०० र आइसोलेसनमा २७२ मानिसहरु रहेका छन् । श्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) कर्णाली प्रदेश बाहेक सम्पूर्ण प्रदेशमा कोरोना भाइरस कोभिड १९ ले संक्रमण गरिसकेको अवस्था छ र सबैभन्दा जोखिम प्रदेश नं २ र ५ रहेका छन् । देशमा घट्ने प्राकृतिक र मानवीय विभिन्न आपत्तकालिन घटना तथा विपद व्यबस्थीत तरिकाले व्यबस्थापन गरी जनताको जनधनको रक्षा गर्नको लागि नेपाल सरकारले उच्चस्तरिय विपद व्यस्थापन समिती र यसअन्र्तगत विपद् व्यबस्थापन कोष खडा गरेको छ । विपद् व्यबस्थापन ऐन २०७४, जिल्ला र स्थानिय स्तरमा जिल्ला प्रतिकार्य योजना २०७७ र मनसुन पूर्व तयारी योजना २०७७ को निर्माण गरिएको छ । विपद् व्यबस्थापन कोषबाट अहिलेको जटिल अवस्थामा जनतालाई सहयोग भएको पाइन्छ । राहात वितरण गर्न, औषधी किनेर वितरण गर्न, कोरोनाको अवस्था विश्लेषण, जोखिममा परेकालाई उद्धार गर्न, तिब्र गतिमा स्वास्थ्य संस्थामा आवश्यक साम्रगी व्यबस्थापन र चेकजाँचमा सहयोग पुगेको देखिन्छ । स्थानीयस्तर देखि जिल्लास्तरसम्म विपद् व्यबस्थापन समितीको गठन गरिएको छ । हरेक दिन स्थानिय स्तर देखि संघसम्म विपद व्यबस्थापन कोषमा रकम जम्मा गर्ने कार्य निरन्तर भएको अवस्था छ । यो सकरात्मक पक्ष रहेको छ साथसाथै कोरोना भाइरसको महामारी फैलिएको बेलामा उक्त कोषको उचित सदुपयोग हुन पनि आवश्यक रहेको छ । सम्रगमा यस विषम परिस्थीतीलाई मध्यनजर गदै नेपालको परिवेशमा विपद व्यबस्थापन कोषलाई प्रभावकारी कार्यान्वयनका लागि निम्नानुसारका विकल्प प्रयोग गर्न उपयुक्त देखिन्छ
विपद् व्यबस्थापन कोष परिचालन ः विपद् व्यबस्थापन कोषको सहयोगमा अहिले चामल दाल र नुन मात्र वितरणमा लगानी गरिएको बढि पाइएको छ । भविष्यका सम्भावना बोकेका बालबालिकाहरु घरमा बसेको अवस्था छ । विद्यालय सबै बन्द देखिन्छ कसरी सुरक्षित तवरले बालबालिकालाई अनलाइन, रेडियो कार्यक्रम, अडियो शिक्षण, बालबालिका र शिक्षकको सम्बन्ध विस्तार गरि नेपाल सरकारले दिएको पाठ्क्रम अनुसार शिक्षा दिने भन्ने बारेमा छलफल गरी उक्त विपद व्यबस्थापन कोषको रकम परिचालन हुन आवश्यक देखिन्छ ।
स्थानीय स्तरमा चेकजाँचमा वृद्धि
विभिन्न देशबाट आएका व्यक्तिहरु गाउँगाउँमा लुकिछीपी बसेको अवस्था छ त्यसकारण छिटो भन्दा छिटो गाउँगाउँमा चेकजाँच हुनुपर्दछ र नमुना परिक्षणले मात्र हुँदैन यसले गर्दा निरधक्क हुने अवस्था छैन । आज दिनप्रतिदिन कोरोनाको संक्रमण बढिरहेको अवस्था छ । विपद व्यस्थापन कोषको उपयोग विकट गाउँबस्तीहरुमा मानिसहरुको चेक जाँचमा प्रयोग हुन आवश्यक देखिन्छ ।
अलपत्र परेका मानिसको उद्धार
धेरै मानिसहरु एक शहरबाट अर्को शहर, सिमा क्षेत्र, विदेशमा अलपत्र परिरहेका रहेका छन् । यसले महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता, अशक्त, लाखौ संख्यामा मजदुरहरु जोखिममा रहेका छन् साथै मानिसहरु सिमा क्षेत्रबाट नेपाल आउनका लागि लुकीछिपी भागेर आउने संख्या पनि बढेको विभिन्न समचारबाट सुन्न पाइएको छ ।

यसले गर्दा कोरोना महामारीको थप जोखिम बढेको अवस्था देखिन्छ त्यस कारण सिमा क्षेत्रमा भएका मानिसहरुको समयमा नै उद्धार गरि स्थानीय सरकारको निगरानीमा हुने गरि ल्याएर सुरक्षित क्वारेन्टाइन ल्याएर राख्न आवश्यक देखिन्छ ।
मैत्रीपूर्ण क्वारेन्टाइनको व्यबस्थापन
क्वारेन्टाइन सुरक्षित नहुँदा विरामी हुने, विभिन्न हिंसाका घटनाहरु घट्ने भएका कारण मानिसहरु क्वारेन्टाइनमा सुरक्षित महसुस नगरेर भाग्ने जस्ता घटनाहरु घटेको अवस्था देखिन्छ यसले गर्दा निर्माण भएका क्वारेन्टाइन बाल, महिला , अपांगता, अशक्त मैत्री बनाउनका लागि विपद व्यबस्थापन कोषको परिचालन हुन आवश्यक देखिन्छ ।
राहात वितरण लागि एकद्धार प्रणाली
संघ प्रदेश र स्थानिय सरकारले विभिन्न तवरवाट राहात वितरण गरेको अवस्था देखिन्छ यसको लागि कोहि दोहोरिने अवस्था रहनसक्छ यसको जोखिम कम गर्नका लागि चुस्तदुरुस्त तथ्यांकको विश्लेषण गरेर एकद्धार प्रणालीबाट राहात वितरण भएमा विपद व्यबस्थापन कोषको प्रभावकारी कार्यान्वयन भएको हुनेछ ।
विपद सम्बन्धी बनेका ऐन र निर्देशिका कार्यान्वयन
विपद सम्बन्धी स्थानिय स्तर देखि संघ सम्म बनेका ऐन र निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन आवश्यक देखिन्छ ।
अनुगमन तथा मूल्यांकन
सरकारको कामको प्रभावकारी अनुगमन तथा मूल्यांकन गरि उचित सुझाव संकलनको लागि छुटै निष्पक्ष र समावेशी उच्चस्तरिय अनुगमन तथा मूल्यांकन समिती गठन हुन आवश्यक देखिन्छ । यसको लागि उपयुक्त निकाय राष्ट्रिय मानवअधिकार आयोग उपयुक्त हुनसक्छ ।
अन्त्यमा विपद व्यबस्थापन कोषको प्रभावकारी कार्यान्यनका लागि स्थायी रुपमा स्थापना भएको राष्ट्रिय विपद व्यबस्थापन समिती मार्फत सम्पूर्ण विपद व्यबस्थापनका कार्य गर्नुपर्दछ । स्थानिय स्तर देखि संघ सम्म यसको उचित सदुपयोग अवस्थाका बारेमा आम जनतालाई थाहा हुन आवश्यक रहेको छ । विपद व्यबस्थापन कोषको प्रयोग उचित व्यक्ति र उचित ठाउँमा लगानी हुन आवश्यक देखिन्छ ।





Leave a comment

Your email address will not be published.


*