सुर्खेतको परीक्षणमा कोरोना देखिएपछि पुन: परीक्षणका लागि नेपालगन्ज पठाइयो

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७     ::: 65 पटक पढिएको   |  

दैलेख जेठ ५ गते : प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वीरेन्द्रनगरमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि पुन: परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको छ । भारतबाट फर्किएका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय ती व्यक्ति जेठ १ गते गाउँमा पुगेका थिए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले दुइटै परीक्षणमा एउटै रिपोर्ट आएपछि मात्र ‘पोजिटिभ’ भन्न सकिने बताए । उनका अनुसार जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजिटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगन्ज पठाउन परिपत्र गरेको छ ।

‘एक ठाउँमा गरिएको परीक्षणबाट ‘कन्फर्म’ हुनसक्ने अवस्था रहँदैन, कुनै प्राविधिक त्रुटि पनि हुनसक्छ,’ उनले भने, ‘कहिलेकाहीँ रि–एजेन्ट, मेसिनरी गडबडीले पनि रिपोर्टलाई प्रभावित पार्न सक्छ ।’ सोमबार साँझ वा मंगलबार बिहानसम्म पुन: परीक्षणको रिपोर्ट आउने उनले बताए ।





Leave a comment

Your email address will not be published.


*