४५ घरधुरीलाई राहत वितरण

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ ७, २०७७     ::: 36 पटक पढिएको   |  

ज्वाला सन्देश संवाददाता
दैलेख जेठ ७ गते ।

दैलेखको नारायण नगरपालिका वडा नम्बर ३ का ४५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । मंगलवार खाद्यान्न वितरण गरिएको हो । डिसिए नेपालको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उपलब्ध गराएको राहत सामग्री नारायण नगरपालिका वडा नम्बर ३ मार्फत वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । वडाका अतिविपन्न र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका ४५ घरधुरीलाई चामल, दाल, तेल, चिनी, चियापत्ती लगाएतका खाद्यान्न उपलब्ध गराईएको हो । वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवाहाक अध्यक्ष टिकादेवी जैसी, वडाका अन्य जनप्रतिनीधिहरुको उपस्थितीमा खाद्यान्न वितरण गरिएको हो ।





Leave a comment

Your email address will not be published.


*