२५ थान पीपीई प्रदान

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ १०, २०७७     ::: 154 पटक पढिएको   |  

दैलेख जेठ १० गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको गुराँस गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सामग्री प्रदान गरेको हो । गाउँपालिकालाई कोभिड–१९ को जोखिमबाट बच्न सघाउ पु¥याउन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गाउँपालिकालाई २५ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले बताए । बिसीका अनुसार २ वटा इन्फरेड थर्मोमिटर, २० वटा एन नाइन्टी फाइभ माक्स, ३० वटा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पोष्टर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।





Leave a comment

Your email address will not be published.


*