कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ ११, २०७७     ::: 39 पटक पढिएको   |  

काठमाडौं ११ जेठ। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन् ।

कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले अनलाइन खबरलाई बताए ।मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ ।’

मुख्यमन्त्रीको सुरक्षामा एक/एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन् ।





Leave a comment

Your email address will not be published.


*