दैलेखमा थप ७ जनामा कोरोना पुष्टि : कर्णालीमा संक्रमितको संख्या ११ पुग्यो

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १२, २०७७     ::: 52 पटक पढिएको   |  

दैलेख जेठ १२ गते । कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ ।   कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको हो।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

डा. तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डा. तिवारीले जानकारी दिए । 

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ।





Leave a comment

Your email address will not be published.


*