कैदीबन्दीलाई मनोसामाजिक परामर्श

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १२, २०७७     ::: 182 पटक पढिएको   |  

दैलेख जेठ १२ गते ।
कारागारमा रहेका कैदीबन्दीको मनोसामाजिक परामर्शको दिन थालिएको छ । कोभिड–१९ संक्रमण जोखिम न्युनिकरणमा जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरण र कारागार कार्यालय दैलेखको आयोजनामा सोमवार देखि कैदीलाई मनोसामाजिक परामर्श दिन थालिएको हो । कारगारका एक महिला सहित १० जनालाई मनोसामाजिक परामर्श दिईएको कारागार कार्यालय दैलेखका प्रमुख जितबहादुर खत्रीले बताए ।
व्यक्तिगत तथा समुहगत रुपमा मनोसामाजिक परामर्श दिईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, महिला र बालबालिका केन्द्र , बाल हेल्पलाइन १०९८ का संयोजक रमा श्रेष्ठले बताइन् । उनका अनुसार मनोसामाजिक समस्या र त्यसको व्यवस्थापनबारे सहजिकरण गरिएको छ । मनोसामाजिक परामर्शका लागि संयोजक श्रेष्ठ सहित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका मनोविमर्शकर्ता निर्मला बि.सी.र बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले सहजिकरण गरेको बताईएको छ ।





Leave a comment

Your email address will not be published.


*