भारतबाट ४२ हजार नेपाली फर्किने आंकलन

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १३, २०७७     ::: 98 पटक पढिएको   |  

अघिल्लो साता भारतबाट दैलेखको चुप्रा आइपुगेका नागरिकहरु ।

हिक्मतबहादुर नेपाली
दैलेख जेठ १३ गते ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुक ६४ दिन देखि लकडाउनमा छ ।सीमा नाका बन्द भए पनि मजदुरीका लागि भारत गएका नागरिकहरु आउने क्रम ह्वात्तै बढेको छ । पछिल्लो एक सातामा पाँच हजार बढी नागरिकहरु दैलेख भित्रिएका छन् । यो संख्या लकडाउनपछि नाकाबाट भित्त्र्याइएको सबै भन्दा बढी हो ।

भारतको विभिन्न क्षेत्रबाट जमुनाहा नाका हुँदै आउने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय दैलेखले झण्डै ४२ हजार नागरिकहरु भारतबाट दैलेख आउने प्रक्षेपण गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार दैनिक २ हजारको हाराहारीमा नागरिकहरु भित्रिरहेका छन् । स्थानीय तहहरुले स्थानीय रुपमा उपलब्ध सिमित विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेका छन् । बढ्दो नागरिको चापका कारण क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ झेलिरहेका स्थानीय सरकारका लागि यो नयाँ चुनौती हो ।

दैलेखका चार स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । आठै जना भारतबाट आएका हुन् । संक्रमितमध्ये एक जना सुर्खेत स्थित कोरोना विशेष अस्पताल र अन्य सात जनालाई दैलेख सदरमुकाम स्थित सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ । जिल्लाभर ४० बेडको आइसोलेसन निर्माण गरिएको छ । झण्डै दुई हजार एक सय जना मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकामा ठूलो सास्ती खेपेर जन्मथलो आएकाहरु क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएको बताएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रगोल हुँदा एउटै कोठामा ३० जनासम्म कोच्चिएर बसिरहेका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउने देखि खानपिनको पनि समस्या छ ।

विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले भारतबाट फर्किएकाहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरिएको बताउँछन् । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्ंयम अनुशासित भएर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।





Leave a comment

Your email address will not be published.


*