कर्णालीका ५ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या १०५ पुग्यो,एकजनाको मृत्यु

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७     ::: 28 पटक पढिएको   |  

दैलेख जेठ १८ गते । कर्णालीका ५ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शनिबारसम्म १ सय ५ जना संक्रमित पुष्टि भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रबार र शनिबार गरी ५९ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु दैलेखका १५, सल्यानका २५, कालीकोटका १७ र सुर्खेतका १ रहेका छन् । प्रदेशबाहिर शनिबार बाजुराका १ जना र त्यसअघि बझाङका १ जनामा संक्रमण देखिएको उनले बताए ।

उनका अनुसार अब कर्णालीका पाँच जिल्लामा संक्रमण देखिएको छ । दैलेखमा ३१ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १७ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ । बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन् ।





Leave a comment

Your email address will not be published.


*