बस दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ २१, २०७७     ::: 73 पटक पढिएको   |  

दैलेख जेठ २१ गते । सुर्खेत–दैलेख सडक अन्तरगर्त पर्ने दैलेखको गुराँस गाउँपालिका वडा नम्वर ४ घोडाबास नजिकै बुधवार भएको बस दुर्घटनामा परी चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा सुदरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–५ कञ्चनपुर निवासी ४० बर्षीय कल्याणसिंह बोरोरा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक नैनबहादुर साउदले बताए ।
भारतबाट पर्किएका नागरिकहरुलाई कञ्चनपुरबाट दैलेखको तल्लो डुंगेश्वर बजारमा छोडेर पुःन कञ्चनपुर तर्फ फर्कदै गरेको ना ५ ख १६८५ नम्बरको बस दुर्घटनामा परेका हो । दुर्घटनामा परि सह–चालक भीमदत्त नगरपालिका–५ का निवासी ३५ बर्षीय जयराज अवस्थी घाइते भएको प्रहरी निरिक्षक साउदले जनाए । घाइते सह–चालकलाई थप उपचारका लागि प्रदेश राजधानी सुर्खेत पठाईएको छ । बस सडकबाट ३ सय मिटर तल खसेको थियो । दुर्घटना भने के कति कारणले भएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त भएको बस ।





Leave a comment

Your email address will not be published.


*