हुम्लाको हिल्सामा सशस्त्रको बीओपी स्थापना

          |   प्रकाशित मितिः आइतवार, असार ७, २०७७     ::: 26 पटक पढिएको   |  

हुम्ला असार ७ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकास्थित हिल्सामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।  पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सुरक्षाकर्मी रहनेछन् । शसस्त्र प्रहरीका डीआइजी प्रतापबावु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको उपस्थितिमा शनिबार हिल्सामा बीओपी स्थापना गरिएको हो ।

पोस्ट स्थापना गर्न सशस्त्र प्रहरीको टोली ४ हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको हुम्लाका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहन विष्टले बताए ।

‘टोलीले सीमा सुरक्षालाई पहिलो प्राथमिकता दिनेछ,’ उनले भने, ‘सीमामा हुने आपराधिक र गैरकानुनी गतिविधिको निगरानी गर्न पनि बीओपीलाई अख्तियारी दिइएको छ ।’सरकारले गत वर्ष नै पोस्ट स्थापना गर्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो ।





Leave a comment

Your email address will not be published.


*