आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि

          |   प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     ::: 33 पटक पढिएको   |  

हिक्मतबहादुर नेपाली
दैलेख असार ११ ।
दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ बर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट फर्र्किएका ती युवक पञ्चकोशी मावी गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडीटी विधिबाट गरिएको परिक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाईएको थियो ।
क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो । ती युवक असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । आत्महत्या गरेका ती युवकको शव पोस्टमार्टमका लागि असार १० गते दुल्लु अस्पताल लगिएको थियो । सोहि दिन उनको पोस्टमार्टम गरिनुका साथै कोरोना भाइरस परिक्षण गर्न स्वाब संकलन गरि कर्णाली प्रदेश अस्पताल स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाईएको अस्पताल स्रोतले जनाएको छ ।
प्रगोशालामा गरिएको परिक्षणमा आत्महत्या गरेका ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले बताए । ती युवक कर्णाली प्रदेशका कोरोना संक्रमण पुष्टि भएका छैँठौ मृतक व्यक्ति हुन् ।





Leave a comment

Your email address will not be published.


*