कृषिलाई औद्योगीकरण गर्नुपर्दछ

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७३     ::: 333 पटक पढिएको   |  

1
नेपाल एक कृषि प्रधान देश हो । यहाँको अधिकाँश वस्ती गाउमा बसोबास गर्दछ र जीवन निर्वाहको लागी कृषि पेशा अँगालेको हुन्छ । तथापी अहिले बढदो आधुनिकता संगै किसानद्धारा उत्पादीत वस्तुलाई प्रशोधन गरेर होस वा सोही खेतीलाई व्यवासायीक रुपमा औद्योगीकरण नै किन नहोस आम किसानको दुखलाई हेर्ने हो भने कृषिलाई औद्योगीकरण बनाउनु अहिलेको आवश्यकता देखिन्छ । खास गरी हाम्रो खेती गर्ने किसानहरुको समाज आर्थिक रुपमा विपन्न, गरीब र पिछडीएको र त्यसैमा पनि अक्षर चिन्नेले भन्दा नचिन्नेले र उमेरले ३५ वर्ष भन्दा माथि पुगेकोले गर्ने पेशा हो भन्ने सामाजीक मान्यता गाउमा प्रशस्तै भेटीन्छ । त्यहि समाजलाई रुपान्तरण गरी आधुनिक र चेतनशिल बनाउन लागि परेका गैरसरकारी तथा सरकारी निकायहरुमा यो कुराको अनुभव भए पनि त्यो खेती गर्ने उमेरको हदलाई घटाउन सकिरहेको देखिदैन वर्तमान परिबेशमा । आफै तरकारी उत्पादन गर्ने किसानहरुले नखाएर र घरमा बच्चा कुपोषणको रोगी भएको देखिएता पनि उत्पादीत कृषि वस्तु बजारमा विक्रि वितरण गरी कुपोषणको रोगी बच्चालाई उपचार गराईरहेको र पुरुषहरु त्यहि केरा बेचेर होस वा साग बेचेर होश रक्सी धोकेर आएर घरमा स्वास्थ्यगत रुपमा कमजोर भएकी श्रीमतीलाई हानमार गर्ने जस्ता प्रशस्तै उदारणहरु भेटीन्छन । कुटो कोदालो खन्ने कृषकहरुको स्वास्थ्य अत्यन्तै दया लाग्दो हुन्छ किन भने मानसीक तनावमा हुन्छन र सहि तरीकाले आफुले खाना खादैन, जान्दैनन र पाउदैनन पनि । यस्ता जनचेतनामुलक आयोजनाहरु जस्तै खाद्य सुरक्षा आयोजना, सुआहारा आदिको कार्यविवरण भित्र पर्छहोला तर दैलेखको पिपलकोट,सिहासैन,तिलेपाटा गाविस को दलित बस्तीहरु, सुर्खेतको घाटगाउ,तातापानि, सालकोट गाविसका बस्तीहरु, जाजरकोटका दह,सुवानाउली,पजारु,जुगा थापाचौरु आदीका वस्तीहरुलाई नियालेर हेर्ने हो भने जेनतेन गुजरा गर्नेहरुले कृषि पेशाबाट कमाएको पैसा होस वा गाउको चर्काे ब्याजमा ल्याएको ऋणले छोरोलाई विदेश पठाउने चलन प्रशस्त मात्रामा भेटीन्छ । युवाहरु अलिकति जाँगर भएका कुटो कोदालो खनेर खेती गर्न सक्नेहरु अर्काको देशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य भएका छन । तर पनि नेपालमा बजेट भाषण हुदा सबै भन्दा बढी बजेट कृषिमा नै छुट्याइएको हुन्छ, । अन्तराष्ट्रिय निकायको सहयोग, गैरसरकारी निकायको सहयोग हरेक बर्ष बढीनै रहेको पाईन्छ । तथापी हरेक दिन तिनै कोदालो खन्नेहरुका, कृषि पेशा अँगाल्दै आएकाहरुका छोरा छोरीहरु आज अर्काको देशमा जान बाध्य भईरहेका छन । बजेट खर्च भइरहेको नै हुन्छ, अन्य क्षेत्र भन्दा कृषि क्षेत्रमा छिटो नतिजा देख्न मिल्ने क्षेत्र पनि हो तर कृषि प्रधान देश भएर आज कृषिलाई हरेकले हेर्ने दृष्टिकोण नै परम्परागत भएको छ ।
नेपाल पनि एक भुपरीवेष्ठीत देश हो । यहाँको जलवायु, वातावरण भगवानको बरदान जस्तै हो भनेको सुनिन्छ अन्य मुलुकबाट आएका पर्यटकहरुबाट । कृिष उत्पादनको लागी पर्याप्त संभावना भएका पहाड तथा उच्चपहाका वस्तीहरु बाट केहि समयको लागी खेती किसान गरेर विदेश कमाउन जाने र फर्केपछी बसाई सराई गरेर उक्त पहाडको खेती योग्य जग्गा बाँझो छोडने प्रवृति बढेको छ अहिलेको समयमा । राज्यले कृषिलाई आर्कषित गर्नको लागी जतिसुकै नयाँ नीति तथा कार्यक्रम ल्याएता पनी यो कुरामा भने खासै जोड दिइएको पाईदैन । नीति तथा कार्यक्रमले किसानको पेट भर्दैन, किसानको गरीबी घटाउदैन मात्र काम गर्ने आचरणमा फरक पन ल्याउने हो तर पाँच वर्ष अगाडी भन्दा अहिलेको कुटो कोदाले खन्ने कृषककोे जनसंख्याको उमेर,चेतना, जग्गाको गुणस्तर उत्पादनमा कमी आदी देिखनुमा कमजोरी कसको होला । यो विषयमा सबैले जान्नै पर्ने कुरा हो । वित्तिय संस्थाहरुद्धारा सहयोगका कार्यक्रमहरु, विभिन्न परीयोजनाहरु द्धारा काम गर्ने शैलीमा जतिसुकै नयाँ प्रविधि ल्याएता पनि काम गर्ने व्यक्तिको आचरणमा परिवर्तन ल्याउन आवश्यक छ ।
कृषि पेशा सबै नेपालीहरु को परीपुरक पेशा हो । बारीमा उत्पादन कसरी गर्ने देखी बजारमा विक्रि कसरी गर्ने सम्मको कुराहरु किसानहरुलाई सिकाउन हरेक कृषि आयोजनाहरुको मन्त्र नै भईसक्यो तर के प्रभाव देखीयो त भन्ने सकरात्मकता संग जोडेर हेर्ने हो भने किसानहरुमा परनिर्भरता बढेको देखीन्छ । साँच्चै आयोजनाहरुले किसानलाई आत्म निर्भर बनाए कि परनिर्भर बनाए त एक पटक स्वयम आम किसान जस्तै भएर खेती गरेको किसानलाई भेटदा महसुस हुने कुरा हो । त्यसैले अबको राजनीति होस वा क्रान्ती कृषिलाई औद्योगिकरण तिर रुपान्तरण गरेको भए साँच्चै कृषिमा आत्मनिर्भर बन्नमा टेवा पुग्ने थियो । गाउमा यदी कोदालो खन्ने मानिस नभएको भए आज यति धेरै कृषि को रुप देखा पर्थेनहोला नेपालमा तर विडम्बना त्यहि कोदाले खनेर जीवन धान्नेहरुको अबको पिँढी माटोमा हात लगाउन देखि भाग्दै छ । बसाई सरेर खेती योग्य जग्गाको माया नै मारेर सानो ठाउमा तराईमा गुजरा गरिरहेको भेिटन्छन खेती गर्नेहरु । आम कृषि संग सम्बन्धित आयोजनाहरुले किसानले उत्पादन गर्ने शैलीमा औद्योगीकरण तिर जोड दिइएमा नेपालको कृषि उत्पादनको उत्पादन क्षमतामा बढवा, रोजगारी सृजना जस्ता कुराहरुमा सुधार हुने देखीन्छ ।





Leave a comment

Your email address will not be published.


*