फेरि मुख खोले पूर्वराजाले

          |   प्रकाशित मितिः शनिबार, फाल्गुन ७, २०७३     ::: 144 पटक पढिएको   |  

काठमाडौं, ७ फागुन – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरि आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन् । gyanendra

‘प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो प्रजातन्त्रमा राजनीतिक पद्धतीको अनेक रुप हुन सक्छन् । तर जुनसुकै नामका प्रणाली भएपनि प्रजातन्त्रको पहिले सर्त जनताप्रति उत्तरदायी नेर्तत्व हुनपर्दछ,’ शाहले वक्तव्यमा भनेका छन् ।

‘राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हाम्रो आफ्नै दर्शन, गौरभ, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो’, वक्तव्यमा भनिएको छ ।

 





Leave a comment

Your email address will not be published.


*