बांम एकता र सैद्धान्तिक कसाैटी

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     ::: 99 पटक पढिएको   |  

नेपालकाे संसदीय राजनीतिमा अभ्यस्त कम्निष्टहरूले अबकाे गन्तव्य समाजवाद भएकाेले हामीले समाजवाद स्थापनाकाे लागि चुनावी तालमेल र एकता गरेका हाै भनेकाे सुनेपछि के रहेछ त कम्निष्टहरूले भन्ने गरेका समजवाद भनेर हेरियाे ।

एमालेहरूकाे जबज पढें , माकेकाे प्रचण्ड पथ पढें । दुबै दस्तावेजमा अाजकाे युगमा उत्पादक शक्तिको प्रमुख साधन वा तत्व विज्ञान–प्रविधिको विकास वर्तमान युगको सर्वाधिक महत्वपूर्ण तथा निर्णायक परिवर्तन सिद्ध भएको कुरा स्वीकरिएकाे छैन । यसले मानव समाजको आधारभूत संरचनालाई बदलेको छ भन्ने कुरालाई उद्धृत गरीएकाे छैन ।अबकाे उत्पादनमा मानव श्रम–शक्ति भन्दा विज्ञान–प्रविधिको भूमिका ठूलो छ भन्नेकुरा स्विकारिएकाे छैन । विश्व परिवेशबाट कर्मकाण्डी लेनीन र माअाेकाे विचार विस्थापित भएकाे यथार्थ लेखिएकाे छैन । अधिकाँश समयमा अाफैले गाएर नथाकेकाे समाजको वर्गीय संरचना बदलिएकाे, सर्वहारा वर्ग र पुँजीपति वर्गको संख्या घटेको, मध्यम वर्गको संख्या बढेको , र मानव समाज अन्तर्सम्बन्धित भएर विश्वग्रामको सृजना भएको कुराकाे सापेक्षतालाई विश्लेषण नै गरिएकाे छैन। लेनीन र माअाेले गरेकाे परिकल्पना भन्दा अाजकाे मानव समाज, सभ्यता, अावश्यकता र उत्पादनमा चामत्कारिक प्रगति वा विकास भएकाे तथ्यलाई अात्मसाथ गरिएकाे छैन । केवल छ त लेनीन र माअाेकाे कर्मकाण्डी रटान मात्र ।

हामिले जहानँया निरङ्कुश भनेकाे राजतन्त्रले २४० बर्ष र राणा शासनले १०४ बर्ष थेग्याे तर कम्निष्टहरूले दृष्टान्त दिने गरेकाे सन् १९१७ काे क्रान्तिबाट स्थापित सोभियत संघको समाजवादले अर्काे पुस्ता जन्माएन। तसर्थ लेनिन र माअाे कति समाजवादी रहेछन् र उनीहरूले भन्ने गरेकाे समाजवाद कति समाज सापेक्ष रहेछ भन्ने कुरा स्पष्ट भैसकेकाे छ ।

लेनिनकाे उक्त समाजवादी प्रारुपको असफलताकाे दाेष अमेरिकालाई दिएर उम्कने र अात्मरतिकाे नाैटङ्की मञ्चन गर्ने अनेकाैं बामपंथी विश्लेषणहरू भेटिए तर त्यो समाजवादको प्रारुप मानव श्रमशक्तिमा आधारित, राज्यनियन्त्रित र राज्यको स्वामित्वमा आधारित थियो । केन्द्रीकृत थियाे जाे अब अनुभवबाट असान्दर्भिक भइसकेको छ भन्ने अाँट र छाट देखिएन दुबै दस्तावेजमा । एसकाे अर्थ हाे स्वामिभक्तिकाे पराकाष्ठा , कर्मकाण्डी चिन्तन र सिद्धान्त भिरुताकाे भासमा नेपालका कम्निष्टहरू डुबेका छन् । एकअाध जिब्रो पडकाएर फड्काे मार्न सिपालु ठालुहरू र तिनका संगठनले फेर्याैं भन्छन् रूपमा छन् सारमा लेनीन भन्दा पछाडि छन् यिनका फेराई । फरक सारले पार्छ रुपले दृष्टि भ्रममात्र गर्ने हाे । तसर्थ याे सर्कसले के देखाउला अनुमन गर्न सजिलाे छ।

अब कुरा रह्याे माक्र्सवाद । जसलाई कम्निष्टहरूले अाफ्नाे बपाैति नै मानेका छन् । अँझ कतिले त कमण्डलुनै बनाएका छन् । मेराे पहिलाे अनुराेध माक्र्सवाद कछुवाकाे ढाडकाे हाड हाेइन । गुरु गये त चेलाकाे भयाे। स्मरण रहाेस् माक्र्सवाद स्वतन्त्र दर्शन हाे कम्न्युजम हाेइन । मानिलिउ उनी कम्निष्टहरुकै कुल देवता भए पनि समयअनुसार पूजा पद्धति फेर्नु पर्याे ।

हाम्रा सामु अनेकन् तथ्यहरु छन् । जुनकुराबाट चाहेर पनि हामी टाढिन सक्दैनाैं । हामी एउटा नयाँ संसारमा छौ । जहाँ ज्ञान विज्ञानकाे दिन दुना रात चाैगुना प्रगति भैरहेकाे छ। अतएव हाम्राे सामु १७५ वर्ष पुरानाे समाजकाे वास्तविकतामा उदय भएकाे माक्र्सवादको पाेथी रटेर वर्तमान समयकाे दुनियाँमा भएका परिवर्तनलाई अात्मसाथ गर्न नसक्नु वा नगर्नु नेपालका कम्निष्टहरुकाे छद्म वा अल्प राजनैतिक चिन्तन हाे । जुन चिन्तनले उत्पादक शक्तिमा अाएकाे परिवर्तन र अावश्यकता चिनेन, जुन अाखाले पुँजीवादको स्वरुपमा भएकाे परिवर्तन देखेन र अाफ्नाे लाेकप्रियताकाे लागि पुँजी निर्माणलाई धारेहात लगायाे , जुन राजनैतिक दर्शनले समाजवादको पुरानो प्रारुपको अन्त्य भएकाे स्विकारेन र जुन राजनैतिक समूहले संघर्ष वा क्रान्तिका पुरातन र निस्प्रभावी विधिहरूकाे प्रयाेग गरि दशकाैं देशलाई अस्थिरतामा धकेल्याे तीं र तिनकाे मिलेमताेकाे साेचेकाे समाजवाद कस्ताे हाेला अनुमान लगाउन सजिलाे छ ।

झुटाे बाेल्नुकाे पनि सीमा हुनुपर्ने हाे । हुन त रणनीति हाेला सायद । सत्ताकाे लागि कम्निष्टहरूकाे सैद्धान्तिक विचलन टिठलाग्दाे देखिन्छ । भन्छन् समाज अाजकाे नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेसिक छ रे! तसर्थ नौलो जनवादी क्रान्ति हुन सक्दैन रे! अर्काे अचम्म मुख्य शत्रु पूजुवाद नै हाे रे! अबको क्रान्ति फेरी समाजवादी हुने अरे ! यो के हो यस्ताे गाेल मटाेल ?अँझ अग्रगामी कुरा त जन सहभागितामुलक निकायको बतङ्गढ फैलाउदै हिँड्ने तर, निरङ्कुश र अधिनायकवादी लेनिनकाे संगठानिक सिद्धान्त निसार भएको कुरा उल्लेख नगर्ने । तसर्थ ? याे गठबन्धनले देखेकाे समाजवाद भनेकाे पार्टीका सुप्रिमाेहरूलाई अराजनैतिक उद्योग गर्ने, जनतामा जातीय, क्षेत्रीय, बर्गीय, नस्लीय र अराष्ट्रीय अाक्राेश छर्ने,जनमनमा विभाजन, निराशा, बिनाशका रेखा काेरी सत्ताकाे लागि भाेट बैंककाे उर्बर र फाँटिला मैदान तयार गर्ने र समाजलाई स्वभाविक अग्रगमनलाई समेत छेक्ने दाउ मात्रै हो ।

अस्तु !

वासुदेव उपाध्याय महाबु गा.पा.१ दैलेख ( यी लेखकका निजी विचार हुन् )





1 Comment on बांम एकता र सैद्धान्तिक कसाैटी

  1. inesh dhakal // October 23, 2017 at 10:43 am // Reply

    सहि कुरो

Leave a comment

Your email address will not be published.


*