एमालेका सय कार्यकर्ता काँग्रेसमा प्रवेश, निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच ध्रुवीकरण तिव्र

          |   प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     ::: 538 पटक पढिएको   |  

दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई शनिवार एक कार्यक्रमका बिच खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्।

दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश गराएको दोलखा काँग्रेसका युवा नेता कुमार अधिकारीले बताए।

देशको आर्थिक विकासका लागि नेपाली काँग्रेस एकमात्र विकल्प भएकाले ठूलो संख्यामा कार्यकर्ता काग्रेसमा प्रवेश गरेको अधिकारीले बताए।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच पनि ध्रुवीकरण बढेको छ। सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्।





Leave a comment

Your email address will not be published.


*