चिसोपछि फैलिएको रुघाखोकीले हुम्लामा ६ जनाको ज्यान गयो

          |   प्रकाशित मितिः बिहिबार, पुस २०, २०७४     ::: 68 पटक पढिएको   |  

निमित्त प्रजिअ भन्छन्– उपचार गर्न निर्देशन दिएको छु

२० पुस, हुम्ला ।
चिसाे बढेपछि फैलिएकाे रूघाखाेकी र ज्वराेले हुम्लामा २ जनाकाे ज्यान गएकाे छ भने कैयन बिरामी परेका छन् । सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसाेका कारण लागेकाे रुघाखोकी र ज्वरोबाट मृत्यु भएको हाे ।

दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७/८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ । निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा पुगेकाे जानकारी दिए । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।





Leave a comment

Your email address will not be published.


*