(स्थलगत रिर्पोट) कालापाहाडे दल बहादुर बने व्यवसायिक कृषक

          |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     ::: 133 पटक पढिएको   |  

फोटो – आफ्नै बारीमा तरकारी गोडमेल गर्दै पिपलकोट छामका दल बहादुर वि.क. ।

विसाल सुनार
दैलेख पौष २२
(कृषक पाना) – छाम दैलेख जिल्लाको पश्चिम क्षेत्रमा रहेको आठबिस नगर पालिका वडा नं. ५ मा अवस्थित एक गाँउ हो । साबिकको पिपलकोट गाबिसमा पर्ने कर्णाली राजमार्गको खिड्कीज्यूला देखि केहि मिनेट उत्तर तिर अगाडि बढेपछि छाम भन्ने ठाँउमा पुगिन्छ । त्यहाँबाट करिव ३० मिनेटको ठाडो र जोखिम पूर्ण यात्रा पछि हाम्रो संयुत्त अनुगमन टोली निकै जोखिमपूर्ण र हेर्दै कष्टकर जिवन यापन गरेको देखने दलित बस्तिमा पुग्यौ ।
जिल्ला समन्वय समिति दैलेखका संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,सोसेक नेपालका संस्थापक अध्यक्ष,महिला तथा वालवालिका कार्यालयको प्रतिनिधि, गैसस महासंघको प्रतिनिधि,उवा संघ, पत्रकार, कृर्षी विकास कार्यालयका प्रतिनिधी र परियोजना संग सम्वन्धीत कर्मचारिहरुको ठुलो समूहको संयुक्त अनुगमनको यात्रा थियो । भिरालो जमिन, लगातारको बतास, गाँउको शिरमा भिर फेदमा भिर, बिचमा करिव २५ वटा घरधुरी दलित समुदायको । करिव तिस पैतिस मिनेटको उकालो हिड्दा आएको पसिना नओभाउदै नमस्कार सर भन्दै स्वगतका लागि थिए दल बहादुर बिक । हामी उनै दलबहादुरको पछि पछि गाँउलेले गरेको तरकारी खेतीको तरिका, आम्दानी र जिविकोपार्जनको बरेमा कुराकानी ग¥यौ । टोली अनुगमनमै व्यस्त थिए म भने दलबहादुर मै केन्द्रित रहे ।
उमेरले करिव ३४÷३५ पुगेका दलबहादुर स्थानिए बासी हुन । उमेरको किशोरावस्था देखिनै कालापाहाड जानुपर्ने उनको बाध्यता थियो । त्यतिबेला उनी काला पहाडे बहादुर हुन् तर अहिले सफल र अगुवा कृषक हुन् । दलबहादुरको ६ जनाको परिवार छ । दुई महिला, चार पुरुष रहेका छन् । औपचारिक कक्षाका रुपमा दलबहदुरले कक्षा ५ सम्म मात्र पढ्न पाए । परिवारको कम्जोर आर्थिक अवस्था र खेतीपातीबाट एक दुई महिना सम्म पनि खान नपुग्ने अवस्थाका कारण बिद्यालय तिर भन्दा कालापाहाड बढि गए । उनि मात्र हैन गाँउमा बस्ने करिव १२५ जना मध्य अधिकाँश यूवाहरुको जिविकोपार्जननै कालापाहाड थियो ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको सामाजिक परिचालनमा जव उत्थानशील जीविकोपार्जन सवलीकरणका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धि परियोजना (साकार) परियोजनाबाट जिविकोपार्जनको लागि तरकारी खेती व्यवसायमा संलग्न भए । यो परियोजना भन्दा पहिला गरिवी निवारण कार्यक्रम पनि समुदायमा काम गरिरहेको छ । ( साकार )परियोजनाबाट अनुदानमा पोलीहाउस तथा बिउ पुँजी पाए पछि उनी कृर्षी व्यवसायमा संलग्न भए । बर्षात र हिउदे खेतीमा भर पर्नु पर्ने भूगोलको बाध्यता हो । बर्षभरि दुईखेतीमात्र उतार्ने सुर्के बारिमा उत्पादन सिमीत थियो । तर हाल एक पाथी गहुँ हुने बारिमा दुई महिनामा एक कुईन्टल आलु फलाउन सफल भएका छन् । अर्थात बर्षमा ४ मौषम खेती गर्छन् । तरकारी खेतीमा लागे पछि बेचबिखन मात्र नभएर परिवारको अनावसेक खर्च समेत घटेको छ । दलबहादुरले एक पटकको खेतीमा एक तरकारी बालिबाट करिव ६ देखि ८ हजार सम्म कमाउछन् । मिठो मसिनो खान पुगेको छ,बच्चाबच्चीलाई पढाउन सकेका छन् । काउली, बन्दा, टमाटर, लसुन, प्याज उत्पादन गरिरहेका छन् । मोटर बाटोको अभाव र नजिकै बजार नहुनु समस्या हो । पहिले पिपलकोट गाबिस हुदाँ समेत सेवासुबिधाबाट करिव वन्चित नै रहे । “अनकन्टार भिरका कारण सडक अपुरोनै रह्यो ” भन्छन् दलबहदुर । “खैब बाटो अव के हुन्छ केहि थाहा छैन् ”भन्छन । तर पनि नगर बासि भए पछी आशाबादी छन् दलबहादुर र गाँउले ।
परियोजनाबाट लाभान्वित भएका अधिकांश कृषकहरुले आप्mनो जमिन अनुसार तरकारीखेती, बाख्रापालन लगाएतको पेशा व्यवसायमा संलग्न भएको देखियो । सामाजिक सस्थाको सकारात्मक पहलको चर्चा सुनियो अनुगमन सदस्यहरुबाट । बास्तवमा थियो पनि । कत्ति नभएको ठाँउमा जति थियो त्यो धेरे थियो । अव जातिय रुपमा पिछडिएको दलित समुदायको लागि बास्तवमा केहि गर्नु पर्ने कसैको दायित्व छ भने त्यो स्थानिय र सरकारको हो । यहि निस्कर्ष सहित फुलमाला अबिर थापेर अनुगमन समुह कर्णाली राजमार्ग तर्फ भरियो । यात्रा उदेश्य सकियो । र राकम तिर लाग्यौ ।





Leave a comment

Your email address will not be published.


*