विश्व वातावरण दिवसमा वृक्षरोपण

विश्व वातावरण दिवसमा वृक्षरोपण


दैलेख : विश्व वातावरण दिवसको अबसरमा दुल्लु नगरपालिकामा वृक्षरोपण गरिएको छ । नगरपालिकाको दुई स्थानमा वृक्षरोपण गरिएको हो । दुल्लु नगरपालिका र यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजनाको संयुक्त प्रयासमा वृक्षरोपण गरिएको हो ।


दिवसका अबसरमा दुल्लु नगरपालिका–८ पञ्चकोशी बहुप्राबिधिक शिक्षालय (पुष्पलाल पर्यटकिय क्षेत्रमा) बर पिपल र सहित विभिन्न प्रजातीका विरुवा रोपिएको हो । यहाँ २२ सय विरुवा रोपण गरिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना, पत्रकार महासंघ दैलेखका सचिव भक्तबहादुर शाही, पत्रकार विशाल सुनार लगाएत स्थानीय नागरिकहरुको उपस्थितीमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणपछि बोल्दै दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले वातावरण संरक्षणमा जोड दिएका थिए ।


त्यस्तै दुल्लु नगरपालिका–४ स्थित सानगाउँ टोलमा पनि वृक्षरोपण गरिएको छ । दुल्लु नगरपालिका र यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजनाको संयुक्त प्रयासमा वृक्षरोपण गरिएको हो ।
स्थानीय सानगाउँ छलफल चौतारी तथा देउती आमा समुहका सदस्यहरुले झण्डै ५ सय विरुवा रोपण गरेका हुन् । त्यहाँ सल्लो, बगाईनो, टुनि, ईपिलईपिल लगाएतका विरुवा रोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा दुल्लु नगरपालिका– ४ का वडा सदस्य कुन्ती कुमारी उपाध्याय र मञ्जुकुमारी विक पनि सहभागि थिए । साथै वृक्षरोपणमा सहभागि १ सय १० जनालाई मास्क र सेनीटाइजर समेत वितरण गरिएको छ ।

प्रतिक्रिया