अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ –  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए ।

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया