सेती नदीमा डुबेर एक बालक बेपत्ता

सेती नदीमा डुबेर एक बालक बेपत्ता


डोटी –  डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

हिजो बिहीवार नदी नजिकै खेल्ने क्रममा उनी डुबेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताउनुभयो  । उनीसँगै डुबेका अर्का चार वर्षीय मिलन साउदको भने स्थानीयवासीले उद्धार गरेका छन् । उद्धार गरिएका मिलनको डडेल्धुरामा उपचार भइरहेको छ ।

नदीमा बेपत्ता भएका सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् ।

प्रतिक्रिया