डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि…

डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि…


डोल्पा -   डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पूजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत पर्ने मसानजाडदेखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्काएको भन्दै पूजा गरिएको हो ।

बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पूजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन् । भत्केको कुलाको माथिल्लो भागमा स्थानीय ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजाआजा गरिएको हो ।

वि।सं। २००२ मा पनि कुलो बनाउने क्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउने गरेको र देवीदेवताले भनेअनुसार बोका, भालेसहित ध्वजापतका चढाएर पूजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय वृद्ध धनप्रसाद हमालले बताउनुभयो  । भूतको पूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिँचाइ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् ।

आव २०७९–८० को खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पा मातहतमा निर्माण उपभोक्ता समितिले नयाँ कुलो निर्माण गर्ने क्रममा भुतको पूजा नगरेकाले तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म कुलो बलियो नहुने भनेपछि स्थानीयले ७८ वर्षपछि दोस्रो पटक भूतको पूजा गरिएको टीकादत्त न्यौपानेले बताउनुभयो  ।

प्रतिक्रिया