सामुदायिक वनको श्रोत नक्शांकन तथा प्रकोप स्तरीकरण

सामुदायिक वनको श्रोत नक्शांकन तथा प्रकोप स्तरीकरण

दैलेख – गुराँस गाउँपालिका–२ को अमरा सामुदाययिक वन उपभोक्ता समिति र गाउँपालिका–३ को शारदा सामुदाययिक वन उपभोक्ता समितिको श्रोत नक्शांकन तथा प्रकोप स्तरीकरण गरिएको छ । सेभ द चिल्ड्रनको साझेदारीमा सोसेक नेपालको ग्रीनजव परियोजनाले ती दुई सामुदायिक वनको श्रोत नक्शांक्न तथा प्रकोप स्तरीकरण गरिएको हो । 

सामुदायिक वनको संरक्षण, उचित उपयोग र दिगो व्यवस्थापन निम्ति प्राकृतिक श्रोतहरुको अवस्थाको समीक्षा, व्यवस्थित बनाउन कार्ययोजनासंगै सामुदायिक वन र समुदायमा आउनसक्ने विपदको लेखाजोखा र सुरक्षा सजगता विषयमा लाभग्राहीको क्षमता विकासका लागि ती कार्यक्रम गरिएका ग्रीनजव परियोजना संयोजक द्रोण जीसीले बताउनुभयो । 

गुराँस गाउँपालिकाको १, २ र ३ नं. वडाका ११ मध्ये गाउँपालिकाको सिफारिसमा परियोजनाले २७ हेक्टरमा क्षेत्रफल रहेको एक सय ३० परिवार रहेको अमरा सामुदाययिक वन र झण्डै ३४ हेक्टर एक सय ७० घरधुरी उपभोक्ता रहेको शारदा सामुदायिक वनको संस्थागत विकासका निम्ति सहयोग गरिरहेको छ । 

वनको रेखदेख र उचित उपयोगिता बारेमा ग्रीनजव परियोजनाले आफूहरुलाई धेरै कुरा सिकाएको शारदा सामुदाययिक वन उपभोक्ता समितिका सचिव शेरबहादुर खत्रीले बताउनुभयो । दुइटै सामुदायिक वनहरुमा उत्तीस, काउलो, बकाइनो, लस्सी, आँप, टिमुर लगायतका १५ सय ४० वटा बिरुवा रोपिएको परियोजनाका फिल्ड अधिकृत भूपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।

परियोजनाले १६ देखि २४ वर्ष उमेरका आर्थिक रुपमा विपन्न युवाहरुलाई वन, वातावरण प्रवद्र्धनमा सघाउने उद्यम, स्वरोजगारमूलक व्यवसाय र सीप विकासमा सहयोग पु¥याएको छ । जलवायु अनुकूलनमा सघाउ पुग्ने तरकारी खेती, नर्सरी, उन्नत खेती प्रविधिमा त्यस्तो सहयोग दिइएको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अबिलाल जैसीले जानकारी दिनुभयो । 

उमेरले २२ वर्षकी कल्पना सिंजाली अहिले शिक्षा क्याम्पसमा दोश्रो वर्ष अध्ययनरत हुनुहुन्छ । ८ जनाको परिवारमा परियोजनाले सहयोग दिने उमेर समूह १६ देखि २४ वर्ष भित्रको उहाँ मात्र भएकोले ग्रीनजव परियोजनाले उहाँलाई तरकारी खेतीका लागि ४० हजार अनुदान दिएको छ । गएको माघमा व्यवसायिक तरकारी खेतीको तालिमपछि बिऊ बिजन, सिचाईं, टनेल निर्माण लगायतको कार्ययोजना अनुसार उहाँलाई अनुदान दिइएको हो । 

ग्रीनजव परियोजनाले परियोजनाको कार्यक्षेत्र गुराँस गाउँपालिका १, २ र ३ नं. वडाका १६ देखि २४ वर्ष उमेरका अतिविपन्न दलित, जनजाति, महिला युवाहरुलाई जलवायु अनुकूलन प्राथमिकता वन, वातावरण प्रवद्र्धनमा सघाउने उद्यम, स्वरोजगारमूलक व्यवसाय र सीप विकासमा सहयोग पु¥याउने उद्देश्यले २५ जनालाई सीप, ज्ञान र अनुदान दिइएको र अब समयमा थप २५ जनालाई सहयोग गर्ने योजना छ । 

बालबालिकाको लागि गुणस्तरीय शिक्षाको निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको क्षमता विकास गर्न सञ्चालित सहयात्रा परियोजनाकै गतिविधिलाई थप सघाउन परीक्षणका लागि सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको ग्रीनजव परियोजना सन् २०२३ को नोभेम्बरमा सकिने बताइएको छ । प्रभावकारिताको आधारमा लम्बिने वा नलम्बिने जनाइएको छ । 
 

प्रतिक्रिया