डढेलोमा परेर ग्रीसमा १८ जना आप्रवासीको मृत्यु

डढेलोमा परेर ग्रीसमा १८ जना आप्रवासीको मृत्यु

उत्तरी ग्रीसको जंगलमा लागेको डढेलोका कारण १८ जनाको मृत्यु भएको छ। उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

ग्रीसका स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। उनीहरू अवैध रूपमा ग्रीस प्रवेश गरेको हुनसक्ने अनुमान छ।

ग्रीसको अलेक्जान्ड्रोपोलिस नजिकको जंगलमा विगत चार दिनदेखि डढेलो लागिरहेको छ।  डढेलो नियन्त्रण बाहिर रहेको अधिकारीहरुले जनाएका छन्।

धुवाँको मुस्लोले शहर ढाकेपछि नगरको स्थानीय अस्पताललाई खाली गराइएको थियो। सो क्रममा  बिरामीहरूलाई जहाजबाट अन्य अस्पतालहरूमा सारिएको ग्रीक राष्ट्रिय समाचार एजेन्सी एएमएएनएले जनाएको छ। -एजेन्सी

प्रतिक्रिया