जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत -  जुम्लाबाट मुगुका लागि छुटेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो।

नाग्म–मुगु सडक खण्डअन्तर्गत छलपुनेरा नजिक भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान करिब ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चालक र सहचालकको सनाखत हुन सकेको छैन । जिल्लाबाट घटनास्थल पुग्न धेरै टाढा छ। मुगुबाट प्रहरीको टोली आउँदै छ। त्यो प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउला ।’

जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ। जिपमा चालक र सहचालक मात्रै सवार थिए। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया