बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु,३२ जना घाइते

बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु,३२ जना घाइते

काठमाडौँ -   गएराति बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा राति करिब ९ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा बसमा सवार बर्दिया ठाकुरबाबा -९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, सानुराम थारु, जयन्ती थारु र बसका चालक जोगेन्द्र चन्द शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले सीआईएनसँग बताउनुभयो ।

मृत्यु भएका सहचालकको विस्तृत विवरण खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनाका घाइते ४ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । २ जना भने उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया