ट्रयाक्टरले च्यापिएर चालकको मृत्यू

ट्रयाक्टरले च्यापिएर चालकको मृत्यू

दैलेख – दैलेखमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ । दुल्लू मुकाम नजिकको भित्री सडकमा लु ३ त ९६९४ नम्बरको ट्रयाक्टरका चालक दुल्लू नगरपापालिका–२ का २५ वर्षीय धर्म महतको मृत्यूभएको प्रहरीले जनाएको छ । 

दुल्लूबाट सियाला भन्ने ठाउँमा सिमेण्ट, प्लाइउड लगायतका निर्माण सामग्री छोडी फर्किदै गर्दा आँप खोला भन्ने ठाउँमा दुर्घटना हुँदा ट्रयाक्टरले च्यापिएर घटनास्थलमै चालक महतको मृत्यू भएको इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो । 

ट्रयाक्टरमा सवार दुल्लू नगरपापालिका–३ सियालाका २५ वर्षीय भूपेन्द्र  सावद र त्यही ठाउँकी ११ वर्षीय बालक रमित सावदको दुल्लू अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया