सकारात्मक मनोबिज्ञान परिवर्तनको संवाहक

समाजमा भाषा, भेषभूषा र सामाजिक बोलीचालीकै आधारमा सँंस्कार र सँस्कृति बन्ने रहेछ । त्यो चाहिँ त्यही समाजको ज्ञान र सिकाइका आधारमा नै बन्छ भन्ने धेरै विद्धान्हरू सहमत छन् । विज्ञान र सञ्चारसंगै  आधुनिकताले ल्याएको विभिन्न परिवर्तन र परिदृश्यले पनि समाज र समाजमा भएका मानिसलाई प्रभाव पार्छ ।

सकारात्मक मनोबिज्ञान परिवर्तनको संवाहक

                                                                 महेन्द्रकुमार कार्की 

नेपाली सामाजको मनोविज्ञानका बारेमा कुरा गर्नुभन्दा पहिला के हो त  समाज मनोविज्ञान ? किम्बल यग (१९६१) का अनुसार “समाज मनोविज्ञान व्यक्तिको पारस्पारिक प्रतिक्रिया अथवा यसले प्रभाविष्ट व्यक्तिको विचार, सवेगतथा बानीको अध्ययन हो ।” यस्तै अर्का समाजशास्त्री बिरान तथा वाइरिन (२००३) का अनुसार “समाज मनोविज्ञान यस्तो विज्ञान हो, जसले सामाजिक परिस्थिमा व्यक्तिको व्यवाहारको प्रकृतिका कारणले ज्ञान संग्ग सम्बन्धित हुन्छ ।”

माथिका दुवै परिभाषालाई हेर्दा नेपाली सामाजिक मनोविज्ञान ठ्याकै मेला खान्छ । यी परिभाषालाई हेर्दा नेपाली समाज भित्र व्यक्तिको  व्यवाहार, अनुभवको अध्ययन गर्दा मानिसले देखाउने वा उसको क्रियाकलापले उत्पन्न गराउने परिस्तिथि नै मुख्य कारण हो । सामाजिक मनोविज्ञान सामाजिक व्यवाहार वा सामाजिक प्रभावको परिमाण हो । सामाजिक उदिपक परिस्थितिको निर्माण अन्य ब्यक्ति, अन्य ब्यक्तिको समूह साँस्कृतिक कारण पनि हो । यस्ता प्रभाव हुदाहुदै पनि सामाजिक व्यवाहार देखिन्छ । समाज मनोविज्ञान कस्तो रहयो त  ? समाज मनोविज्ञानका विषयगत क्षेत्रलाई पनि ध्यानदिन जरुरी छ ।

सामाजिक मनोविज्ञान निर्माण सहयोगीहरुलाई केलाउँदा निम्न तथ्यहरु देखिन्छन । बालबालिकाको सामाजिकीकरण, सामाजिक मनोबृतितको अध्ययन, सँस्कृति तथा व्यक्तित्वको अध्ययन, सञ्चार माध्ययमको अध्ययन, प्रचार समूह तथा सामुहिक व्यवाहारको अध्ययन  अन्तरवैक्तिक आकर्षणको अध्ययन, सामाजिक समस्याको अध्ययन सामाजिक एकता एवम् तनावको अध्ययन गर्दा नेपाली समाज आएको परिवर्तनलाई हेर्दा हाम्रो समाजको मनोविज्ञान गरिवी अशिक्षा भोकमरी सामाजिक विभेद कुरीति र कुसँस्कार वाट थिलोथिलो भएको नेपाली समाजको मनोविज्ञान रहिआएको छ । 

नेपालको लामो कालखण्ड लाई हेर्दा एकले अर्को लाई सिधाउने र सता मा जाने वा कुनै वस्तु प्राप्त गर्न हत्या हिसा र यसको व्यवस्थापनमा नै समय खर्चिएको अनुभूति हुन्छ । विश्व बजार र यसको राजनीतिक वाल्छिटाले नेपाली समाजको मनोविज्ञान अछुतो छैन । समय काल खण्डसंगै नेपाली समाजमा परिवर्तन त भए तर संस्थागत गर्न र एकस्थिर राज्य व्यवस्थाको परिकल्पनामा नै सीमित रह्यो । राजतन्त्रात्मक राज्य व्यवस्था जति समय टिक्यो त्यति दलीय व्यवस्थाहरु नेपाली समाजमा अफाप सिद्ध हुदै आए । परिवर्तन र सामाजिक मनोविज्ञान उल्टो दिशामा घुम्न थाल्यो त्यसैको फलस्वरूप अहिले नेपाली समाजको मनोविज्ञान क्रमसः आक्रामक र हिंसा, रीस गतिहीनता  तर्फ उन्मुख देखिन्छ । दलगत राज्य व्यवस्थामा पनि खासै जनताका लागि परिवर्तन देखिन्न भनेहरुको ठुलो जमात बढ्दैछ । 

यहाँ मानिसमा परोपकारिता नैतिकता र सुशासन भने बिचार र मनोविज्ञानको समस्या देखिदै गएको छ । परोपकार र परोपकारिता पनि सामाज विज्ञानको व्याख्या गर्न कसी हो । यो किन हराउदैछ । हाम्रा विश्व विधालय र विधालयहरु किन भाताभुंग पारिदैछन त ? के हाम्रा विद्धान हरुले बनाएका पाठ्यक्रम र पाठ्यपुस्तक अबको सामाजिक मनोविज्ञान भन्दा फरक रहेका छन त ?

हाम्रा शिक्षक र विधार्थीलाई अब नया अध्ययन सामग्रीको जरुरी भएको हो त ? अब हुर्किदै गरेका वालबालिकाको लागि नयाँ बास स्थान र रहन सहनको खाचो परेको हो त ? महिलाहरुको हकमा पनि समाजमा नयाँ जीवन जिउने शैलीको जरुरी भएको हो त ? यी र यस्ता प्रश्नले नेपाली समाजको मनोविज्ञानले उतर खोजेको हो त ? यस्ता थुपै प्रश्नको उतर कसले दिने ? राज्यले वा हामी नागरिक आफैले खोज्ने यही सामाजिक परिवर्तित मनोविज्ञानले उतर खोजेर भौतारिएको छ । 

सामाजिक मनोविज्ञान बुझ्न हाल सामाजिक सञ्जाल लाई पनि अध्ययनको विषय बनाउन सकिन्छ । नेपालमा आएको सामाजिक राजनीतिक र सास्कृतिक आमुल परिवर्तनको देखावटी धोतकको रुपमा सामजिक सञ्जाल लाई पनि लिन सकिन्छ । आज सामाजिक सञ्जाललाई हेर्दा लाग्छ सबै नेपालीलाई मनोविमर्शको अध्ययन नै संचालन गर्नु पर्न जस्तो अवस्था देखिएको छ । स्वतन्त्रता ज्यादै सस्तो जस्तो देखिदैछ  । परिवर्तनलाई सस्थागत गर्न भन्दा पनि उल्टाउनेहरु नै सस्थागत रुपमा सक्रिय देखिदैछन ।

वैज्ञानिक स्वरूपको कारण यसको प्रमाणीकता, भविष्यवाणीको योग्यता, सार्वभौमिकता, वस्तुनिष्ठता आदि गुण किन हराउदै छन् । के नेपाली समाजको मनोविज्ञान यस्तै रहला र समाज झन् अराजकता तिर जाला त  ? यस अराजकताको सुई राजनितिक दल र तिनीहरुले गर्ने राजनीतिक सामाजिक क्रियाकलाप तिर नै सोझिने छन् र सोझिदैछन । म बाहेक कोही केही होइनन् भन सकिने अवस्था रहँदैन ।  

यहाँ व्यक्तिले व्यक्तिको व्यवहार नै अनुशरण गर्ने हो त्यो अध्ययन गरेर होस् वा देखेर अहिले हामीले नेताहरुको व्यवाहार देखिरहेका छौं, हामी पनि त्यस्तै अभ्यासमा छौं । भलै हामी अभिब्यक्त नगरौंला । मौका मिलेमा उस्तै छौं, सघको व्यवहार प्रदेशमा र दुवैको मिश्रत व्यवहार पालिकामा देखिन्छ । यति भन्दा हामीले बुझिसकेका हुनेछांै परिवर्तन नकारात्मक कि भ्रमपूर्ण तरिकाले बढ्दै छ ।

सामाजिक निर्माणबाद र यसको सिदान्तका आधारमा हेर्दा समाजशास्त्री  डेरी भन्छन् (सन् १९९९) र एमसी मोहन (सन् १९९७) का अनुसार संस्कार र संस्कृतिका सन्दर्भहरू चाहिँ समाजको ज्ञान र बुझाइबाट नै सिर्जना हुन्छ । त्यही सिर्जनालाई नै सामाजिक निर्माणवाद (सोसियल कन्सक्ट्रेट थ्योरी) भनिन्छ । सामाजिक निर्माणवाद सिद्धान्त समाजशास्त्र भित्रको ज्ञान हो र सञ्चार सिद्धान्तले विश्वको ज्ञान र बुझाइमा एकल व्यक्तिको बुझाइलाई समूहको बुझाइले प्रभाव पार्छ ।

नेपालमा भएका आन्दोलन र सामाजिक परिवर्तन सस्थागत गर्न पनि यही सिदान्तले निर्देशित गरेको देखिन्छ यस्तै मा अर्का समाजशास्त्री किमले (सन् २००१) मा सामाजिक निर्माणवाद सिद्धान्तका आधारभूत मान्यता, वास्तविकता, ज्ञान र सिकाइबाट सिर्जना हुन्छ । हाम्रो नेपाली समाजको मनोविज्ञान र यसका परिवर्तनका मुख्य कारण सामाजिक सञ्जाल, सँस्कृति धर्म परम्परा र रितिरिवाज पनि मुख्य जिम्मेवार रहेका छन् । समय क्रम अनुसार नेपाली समाज विश्वब्यापिकरण र पुजी निर्माणको क्षेत्रमा परिवर्तन हुदै गएको देखिन्छ ।

यसकारण पनि हामी के भन्न सक्छौं भने त्यो समाजमा ज्ञान कसरी प्राप्त ग¥यो ? कसरी सिकाइ गरे ? यसले त्यो समाजमा प्रभाव पारेको हुन्छ । समाजमा भाषा, भेषभूषा र सामाजिक बोलीचालीकै आधारमा सँंस्कार र सँस्कृति बन्ने रहेछ । त्यो चाहिँ त्यही समाजको ज्ञान र सिकाइका आधारमा नै बन्छ भन्ने धेरै विद्धान्हरू सहमत छन् ।

विज्ञान र सञ्चारसंगै  आधुनिकताले ल्याएको विभिन्न परिवर्तन र परिदृश्यले पनि समाज र समाजमा भएका मानिसलाई प्रभाव पार्छ । त्यही अनुरूप म पनि  यही हाम्रो ग्रामीण समाजको सामाजिक सोच मनोविज्ञान र यसलाई सोच्ने तरिका नै  फरक फरक सोचको विकास भएको हुँदा फरक जात वा नामको सिर्जना भएको छ ।

त्यसैले नेपाली समाजको मनोविज्ञान  निर्माणवाद र सिद्धान्तका आधारमा समय कालखण्डका आधारमा व्यक्ति र समाजले सामाजिक मनोविज्ञानको तय गरेको हुन्छ । त्यही भएर हामीले समाज निर्माण र यसको विकासको प्रक्रियालाई कसरी जनता वा व्यक्तिलाई समाज निर्माणमा सक्रिय बनायांै र संचालनको तरिका नयाँ र फरक अपनायौं भने मात्रै समाजको मनोविज्ञान बदलिएर परिवर्तन सस्थागत हुनेछ । नेपाली समाज निर्माणको सिद्धान्त र यसको परिचालनको जड नै अहिलेको परिवर्तित नेपाली समाजमा आएका सामाजिक मनोविज्ञान हुन् । 
 

प्रतिक्रिया