पानीपोखरी प्रहरी चौकी भवनको उद्घाटन

पानीपोखरी प्रहरी चौकी भवनको उद्घाटन

दैलेख – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका इञ्चार्ज प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले दैलेखको भैरबी गाउँपालिका–६ कुसापानीमा निर्मित पानीपोखरी प्रहरी चौकीको नवनिर्मित भवनको विधिवत रुपमा उद्घाटन गर्नुभयो । 

बुधबार भवनको उद्घाटन गर्दै डीर्आजी ढकालले साधन श्रोतको अभावमा शान्ति सुरक्षा दिइरहेको पानीपोखरी प्रहरीको सेवा प्रवाहमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो । पानीपोखरीका स्थानीय र भैरबी गाउँपालिका जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग निरन्तरता निम्ति उहाँले आग्रह गर्नुभयो । 

सुरक्षित कर्णाली योजनाका १४ वटा कार्यक्षेत्र, ७८ वटा क्रियाकलाप सञ्चालन भइरहेका, आम सर्वसाधारण प्रहरी सेवा सहज, सूचना श्रोतसंग समन्वय प्रभावकारी बनाएको बनाउनुभयो । उहाँले प्रहरीमा फोन कल आउने ५० प्रतिशत थपिएबाट अपराध रोकथाममा सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले दैलेख प्राकृतिक र ऐतिहासिक सम्पदाले धनी जिल्ला भए जस्तै उहाँका नागरिकहरुले प्रहरी प्रशासनलाई पु¥याइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद दिनुभयो । भविष्यमा पनि यस्तो सहयोग निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

भैरवी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारी, भैरवी गाउँपालिकाका पुर्वअध्यक्ष प्रेमबहादुर बुढा, कालीदत्त गुल्म काडाचौर व्यारेक दैलेखका इञ्चार्ज सेनानी दिप्रेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक किशोर लम्साल पनि सहभागी हुनुहुन्थ्यो । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म दैलेखका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणप्रसाद ढकाल, राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका इञ्चार्ज अनुसन्धान अधिकृत हिरण्डबहादुर कुँवर, भैरवी गाउँपालिकाका ७ वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, समाजसेवी समेत तीन सय बढीको सहभागिता थियो । 

कौशिला सुनार, खड्कबहादुर सुनार, दलबहादुर बिक, मोहनसिंह बिक, टिकाराम लामिछाने, अर्जुन लामिछाने र कृष्णप्रसाद जैसी समेतले दान गर्नुभएको १५३० वर्ग मिटर क्षेत्रफलमा एक करोड ८५ लाख १० हजार पाँच सय छैसठ्ठी रुपैंयाँमा उक्त प्रहरी चौकी निर्माण गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया