दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यू

दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यू
सुन्नुहोस्

दैलेख – दुल्लूमा आइतबार भएको अटोरिक्सा दुर्घटनाकी घाइते मध्ये एक महिलाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यू भएको छ । 

दुल्लू नगरपालिका–१० की ४२ वर्षीया गौरी शाहीको सोमबार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । 

कर्णाली प्रदेश ०२–०० ह ०७०८ नम्बरको अटोरिक्सा आइतबार साँझ दुल्लू नगरपालिका–५ चौतारामा दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर चोट लागेका तीन जनालाई सुर्खेत पु¥याइएको थियो ।

चालक ३५ वर्षीय पुरन बिक र १० वर्षीय बालक कमल रावतको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अरू दुई प्राथमिक उपचारपछि आइतबार नै घर फर्किएका थिए । 
 

प्रतिक्रिया