जातीय विभेद बिरुद्ध ओमको मायाले सजाउँला सार्वजनिक

जातीय विभेद बिरुद्ध ओमको मायाले सजाउँला सार्वजनिक

काठमाडौं –   नेपाली समाजमा अझै पनि जातिय छुवाछुत र विभेदको बाछिटा कायमै छन् । नेपाली समाज जातीय छुवाछुत तथा विभेद मुक्त समाज हुन सकेको छैन । समाजमा हुने जातिय छुवाछुत र विभेदलाई चित्रण गर्दै गायक तथा सर्जक ओम सुनारको नयाँ म्यूजिक भिडियो  ‘मायाले सजाउँला’ सार्वजनिक भएको छ ।

शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच उक्ता गीतको भिडियो सार्वजनिक गरिएको थियो । चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु विदुर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तर्राष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झासहित गायक ओम सुनार र मोडल एशिला बास्तोलाले सार्वजनिक गर्नुभएको हो  ।

मायाँले सजाउँलाको भिडियोलाई ओम सुनारले आफ्नै अफिसियल च्यानलबाट रिलिज गरेका छन् । गीतलाई मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ ।

यो गीतको भिडियोमा मुख्य भूमिकामा पनि ओम आफैं छन् । उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको अभिनय छ । यो म्युजिक भिडियोलाई बिमल ढकालले छायाँकन र बिनोद बमले सम्पादन एवम् रंग संयोजन गरेका हुन् । भिडियोमा देवेन्द्र कुँवरको निर्देशन रहेको छ ।

पत्रकार जीवन पराजुलीद्वारा सञ्चालित कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले भन्नुभयो,‘मानिसहरु सबै एक भएकाले मनावबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत र भिडियो आफैंमा समय सान्दर्भिक रहेको छ ।’

 नेपाल अझैँ पनि जातीय विभेद कायम रहेको सामाजिक अभियान्ता खगेन्द्र सुनारले बताउनुभयो  । उहाँले उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै दलितहरुको ज्यान लिने क्रमजारी रहेको बेला यो गीतले त्यस्तो अपराध रोक्न मद्धत पु¥याउने विश्वास रहेको बताउनुभयो  ।

 गीतमा गायक ओम सुनारले समाजमा गीत संगीतबाट पनि सकारात्मक सन्देश दिन सकिने र समाजको यथार्थ चित्रण गरेर  यो गीत र सन्देश मुलक भिडियो बजारमा ल्याएको बताउनुभयो । भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी गराउँदै उहाँले भन्नुभयो,‘समृद्ध नेपाल हुनका लागि रोक्ने एउटा समस्या जातीय विभेद पनि भएकाले त्यसलाई अन्त्य गर्नैपर्छ भन्ने नै यसको मुख्य सन्देश हो ।’  

भिडियो लिंक https://www.youtube.com/watch?v=caRzgYQgPBs&pp=ygUIb20gc3VuYXI%3D 

 

प्रतिक्रिया