१४ औं रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, डुंगेश्वर प्रथम

१४ औं रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, डुंगेश्वर प्रथम

काठमाडौँ -  दैलेखको ठाटिकाँध गाउँपालिकामा  १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

ठाटीकाँधमा सम्पन्न भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डुंगेश्वर गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ। जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वरले जितेको हो ।

ठाटीकाँध गाउँपालिकामा भएको प्रतियोगिता अन्तर्गत डुंगेश्वरले ८ स्वर्ण, ८ रजत र ५ कास्यसहित कुल २१ पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको बताइएको छ । 

अघिल्लो वर्ष डुंगेश्वरले ७ स्वर्ण, २ रजत र ५ कास्यसहित १४ पदक जित्दै रनिङ शिल्डको उपाधि जितेको थियो । त्यसबेला प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तहबाट सहभागिता रहेको थियो ।

डुंगेश्वर गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष राजुकुमार खत्रीले गाउँपालिकाले दोस्रो पटक पनि शिल्ड जितेको बताउनुभयो । शिल्डको उपाधि हात पार्न गाउँपालिका, खेल प्रशिक्षक र खेलाडीहरूको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ। 

पालिकाभित्र खेल पूर्वाधार र खेलाडीहरूको क्षमता विकास गरेर राष्ट्रियस्तरका खेलमा प्रतिस्पर्धा गर्नसक्ने योग्य खेलाडी उत्पादनमा जोड दिइएको खत्रीको भनाइ छ। स्थानीय सरकारलाई समृद्ध बनाउन खेल क्षेत्रलाई पनि मजबुत बनाउनुपर्ने खत्री बताउनुहुन्छ । 

खेलकुद विकास समितिका अध्यक्ष गोपालबहादुर बुढाका अनुसार यस वर्षको प्रतियोगितामा दैलेखका ११ मध्ये १० स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दुल्लु नगरपालिका प्रतियोगितामा सहभागिता नभएको बुढाले बताउनुभयो । ‘दुल्लु नगरपालिका १३ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सहभागिता जनाएको थिएन्,’ बुढाले भन्नुभयो । प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ कास्यसहित कुल २१ पदक जित्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वरले जितेको बुढाले बताउनुभयो । 

बुढाका अनुसार ६ स्वर्ण, ५ रजत र २ कास्यसहित १३ पदक जित्दै नारायण नगर दोस्रो, कुल ११ पदक जित्दै नौमूले गाउँपालिका तेस्रो भएको छ। प्रतियोगिता अन्तर्गत आठबिस नगर चौथो, ठाटीकाँध गाउँपालिका पाचौँ, गुराँस गाउँपालिका छैठौँ, भैरवी गाउँपालिका सातौँ, महाबु गाउँपालिका आठौँ, भगवतीमाई गाउँपालिका नवौँ र चामुण्डाविन्द्रासैनी नगर दशौँ भएका छन्।

सोसेक नेपालको स्वास्थ्य सहायता कक्ष स्थापना

ठाटिकाँधमा सम्पन्न भएको १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सोसेक नेपालले स्वास्थ सहायता कक्षबाट खेलाडी, बालबालिकालाई स्वास्थ सेवा दिएको थियो  ।

एइ आइ एन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेर खेलाडी, र बालबालिकालाई स्वास्थ सेवा दिएको थियो  । ठाटीकाँध गाउँपालिकाको दुइवटा सोसेक नेपालको तर्फबाट एक ठाउँमा स्वास्थ्य शिविर संचालन गरेको सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले बताउनुभयो  । उहाँका अनुसार तिनवटै ठाउँमा स्थापना गरिएका स्वास्थ सहायता कक्षबाट एकसय भन्दा बढी खेलाडी, र बालबालिकाले सेवा लिएको बताउनुभयो । 

प्रतिक्रिया